final-foto.jpg
मन्त्री परिषद ले रायमाझी आयोग को प्रतिबेदन अनुसार दोषि लाइ बिभागिय कारबाही गर्ने तर राजा लाइ कारबाही नगर्ने निर्णय गरेपछि सो निर्णय को बिरोध मा नागरिक समाज ले आज दिउसो प्रधान्मन्त्री निवास मा धर्ना कार्यक्रम् को आयोजना गरेको छ । 1.jpg

नेपालि राजनितिमा “छोटे राजा” बनेर उदाएको उप प्र म के पि शर्मा ओलि को संयोजक्तवमा सरकार ले रायमाझि आयोग को प्रतिबेदन कार्यन्वयन समिति बनाएको थियो । सो समितिले राजा लाइ कार्बाही गर्न नसकिने प्रतिबेदेन बुझाएछ ।
रायामाझी आयोग ले दोशि ठहर्‍याउदा समेत सरकारले राजालाइ बचाउने निर्णय गरेको भन्दै सो नागरिक धर्ना मा मानबाधिकारबादी हरुले सरकार्को चर्को बिरोध गरेका छन् । नागरिक सभा को सो कार्यक्रम मा बोल्दै मानब अधिकारबादि कृष्ण पहाडी ले “सरकार्ले संबिधान सभा को निर्वाचन नगर्ने निर्णय गरिसकेको जानकारी आफुहरुलाइ प्राप्त ” भएसकेको बताउदै सरकार लाइ यस्तो निर्णय नगर्न र सो निर्णय को बिरोध मा नागरिक समाज ले आन्दोलन छेड्ने चेतावनी समेत दिनु भयो ।
124.jpg
नागरिक समाजको फोटो खिच्न जादा मलाइ भने मन खिन्न भएर आयो । धर्ना मा जम्मा जम्मी करिब १०० जना थिए । नेपाली जनता हरु हरेक कुरा तुरुन्तै बिर्सन्छन् “जनआन्दोलन सकिएको १ बर्ष भएको छैन ,आन्दोलन दबाउन प्रमुख भुमिका खेल्ने अपराधि हरु या त दरबारमा मस्ती गरी रहेछन , या त अख्तियार को गेट मा बसेर आफुले १ करोड खर्च गरेको भनेर खुल्लमखुल्ला ध्वास दिइरहेका छन । तर नेपलि हरुले भुले सके , यिनिहरु अपराधि हुन भनेर , भुली सके यि अपराधि हरुलाइ कार्बाहि गर्ने सरकार लाइ चर्को दबाब दिनु पर्छ भनेर त्यै भएर , नागरीक समाजको आन्दोलान् मा १०० जना ।

जब सम्म जनता जाग्दैनन , जब सम्म सोषित पिडित हरु जाग्दैनन् , देशमा आमुल परिबर्तन हुन सक्दैन भन्ने त जनआन्दोलन भाग -२ ले देखाइसको को छ , तर आन्दोलन पछि भने सरकार लाइ सचेत गराउने मामला मा यो देश का नागरिक हरु चुकेका छन । धन्न यो देश(सतिले सरापेको )मा कृष्ण पहाडी र देबेन्द्र राज पाण्डे हरु रहेछन् नत्र आजको नागरीक समाजको धर्ना हेर्ने हो भने त …………….
एउटा महत्वपुर्ण कुरा चै के हो भने हामी अबपनि यसरी नै सुतेर बस्ने हो र नागरिक समाजको आन्दोलन कृष्ण पहाडी हरुको मात्र हो, उनिहरु नै जान्छन धर्ना दिन भनेर बस्ने हो भने नया नेपाल त के साच्चै सरकार ले संबिधान सभाको निर्बाचन समेत गराउने छैन् । करिब ११ महिनाको दौरान मा सरकार ले यो लक्षण देखाइसक्यो । २,४ जना मानबाधिकारबादी, पत्रकार , र रङकर्मि हरुले कराउदैमा मात्र यो सरकारको चेत खुल्नेवाला छैन । यत्रो तराइ सिंगै जाग्दा त मस्त निन्द्रामा सुतेको सरकारले २,४ जना भेला भएर कराउदैमा सुन्ला त?