नाटक नं. १
नेपाली काङ्रेस को आज बसेको बैठक ले माओबादी को व्यबहार र गतिबिधि चित्तबुज्दो नभएकोले माओबादी लाइ तत्काल सरकार मा लानु नहुने निर्णय गरेछ र प्रधानमन्त्री लाइ माओबादी लाइ तत्काल सर्कारमा समाबेस नगर्न निर्देशन दिएछ । अब पार्टी को निर्णय बिपरित जाने हिम्मत प्रधानमन्त्री सङ होला त?बैठक पछि ने का का नेता हरुले सर्बसाधारण हरुको कब्जा गरिएको सम्पति र जग्गा जमिन फिर्ता नगरेको भन्दै माओबादी हरुको चर्को बिरोध गरेका थिए ।

नाटक नं. २
माओबादीका अध्यक्ष प्रचन्द ले हिजै अन्तिरम सर्कार बनाउने सम्बन्धमा प्रधानमन्त्री सङ सहमती भएको बताएका थिए । “एक साता भित्र अन्तरिम् सरकार बनाउन बाटो खुलेको छ ” आफु पोखरा बाट फर्कने बित्तिकै आठ दल को बैठक बसी २,४ दिन भित्रै अन्तरिम सरकार गठन हुने प्रचन्ड को दाबि थियो ।
नाटक नं. ३
माओबादी लाइ सरकार मा नलाने निर्णय आएकै बेला पोखरा मा माओबादी का प्रचन्ड ले ” केहि दिन भित्रै माओबादी सरकार मा जाने र प्रधानमन्त्री को गणतन्त्र बारेको धारणा सार्बजनिक हुने घोसणा ।

नाटक नं. ४
संयुक्त जनमोर्चा र माओबादी ले राजाले संबिधान शभा को निर्बाचन हुन नदिन षडयन्त्र गरे अन्तरिम संसद बाटै गणतन्त्र घोषणा गर्ने सकिने संकल्प प्रस्ताब संसद सचिवालयमा दर्ता गराएका छन । उक्त प्रस्ताब मा राजाले संबिधान सभाको निर्वाचन हुन नदिन कुनै षड्यन्त्र गरे एक तिहाइ सदस्य ले प्रस्ताब पेश गर्न सक्ने र दुई तिहाइ ले समर्थन गरे राजतन्त्र को अन्त्य र गणतन्त्रको घोषणा गर्ने सकिने प्रस्ताब गरीको छ ।
नाटक नं. ५

संसद को एक चौथाइ सदस्य ले राजा बिरुद्ध महाअभियोग प्रस्ताब संसदमा दर्ता गर्न सक्ने र दुइ तिहाइ बहुमत ले पास गरेमा राजा हटाउने सक्ने गरे संबिधान संसोधन गर्न ए मा ले ले गरेको प्रस्ताब माओबादी , काङ्रेस लगाएत अन्य पार्टी हरु द्वारा बिना सहमती पेश गरिएको भन्दै आलोचना गरेपछी फिर्ता ।

यो के नाटक गरेका हुने नेपाले का दलहरुले? कतै यी आठ माझिहरुको सल्लाह ले गांउनै डुब्ने त होइन? मैले चाँही यो नाटकै हो भनेर बुझे , तपाइले नी?