गए राति नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी को निवासमा बम राखिएको छ ।
प्रहरीका अनुसार पाण्डेको निवास मा कालो झोलामा राखिएको अवस्थामा २ लिटरको कुकर बम भेटिएको थियो भने मानव अधिकारवादी नेता कृष्ण पहाडी को सुतली बम राखिएको थियो ।

प्रहरीले अज्ञात समूहले उक्त बम राति नै विस्फोट गराउने प्रयास गरेको आसंका गरेको छ । डा। देवेन्द्रराज पाण्डेको विशालनगरस्थित निवासमा र पहाडी बस्दै आएको गौशालास्थित शोभा खनालको घरको मूल गेटमा बम राखिएको थियो ।
संबिधान सभा को निर्बाचन हुन नदिने तत्व अराजकता फैलाउन नागरिक समाजका अगुवा डा. पाण्डे र पहाडीको निवासमा बम राखेको सर्बत्र आसंका गरेएको छ ।’