1212.jpg
देस आन्दोलनमय छ । नारा जुलुस नभएको दिन हुनै छाड्यो । यसै मेसोमा हिजो मास्टरहरु पनि पढाउन छोडेर सडक मा नारा र जुलुस गर्न आइपुगे । हात मा चक र डस्टर बोक्ने मास्टरहरु ब्यानर र प्ले कार्ड बोकेर नारा जुलुस लगाउदै गरेको फोटो तथा भिडियो हेर्न भित्र आउनुहोस् ।
121.jpg

। सरकारी विद्यालयमा पाए सरह सेवा, सुविधा तथा नियुक्तिपत्रको ब्यबस्था , दशै भत्ता तथा संचयकोष को ब्यबस्था को माग गर्दै निजी तथा आवासीय विद्यालयमा कार्यरत शिक्षकले शुक्रबार देशभरका निजी विद्यालय र उच्च मावि बन्द गरे भने आफ्ना माग पूरा गर्न दबाब दिन शुक्रबार रत्नपार्क देखि शिक्षा मन्त्रालय सम्म र्‍याली गर्नुका साथै शिक्षा मन्त्रालय आगाडी ३ घण्टा धर्ना दिए । सो धर्नाका कारण दरबारमार्ग, ठमेल, लैनचौर , लाजिम्पाट क्षेत्रको आवागमन अवरुद्ध भएको थियो । उनिहरु ले तत्काल निजी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकलाई नियुक्तिपत्र दिनुपर्ने , सरकारी शिक्षकले पाएसरहको तलब सुविधा आफुहुरुपनी पाउनु पर्ने तथा निजी विद्यालय सञ्चालन सम्बन्धमा ल्याइएको कम्पनी ऐन खारेज गर्न सरकारसँग माग गरेका छन ।
हाल देशभर करिब ८ हजार ५ सय निजी विद्यालयमा १ लाख २५ हजारभन्दा शिक्षक तथा कर्मचारी कार्यरत छन्।