अपडेट

महरा का अनुसार उक्त सी डी मा रहेको युवराज पारश् को षड्यन्त्र को योजना केहि दिन भित्रै सार्बजनिक गरीने छ ।
माओबादी संसदिय दल को कार्यालय मा पत्रकार हरु सँग कुरा गर्दै माओबादी प्रबक्ता महरा ले राजाले ए मा ले काङ्रेस र माओबादी लगायत का दल का नेता हरु को हत्या गर्न ६० करोड रकम छुट्ट्याएको दाबी गरेका छन् ।
राजाबादी हरु ले अमेरिकन् अधिकारी हरुको हत्या गरे त्यस्को दोष माओबादी लाइ लगाउने षड्यन्त्र गरेको सुचना आफुहरुलाइ प्राप्त भएको र त्यस्को अनुसन्धान गर्ने क्रम मा थप रहस्य खुलेको महरा ले बताए । संबिधान सभा को निर्बाचन हुन नदिन , मुलुक मा अस्थिरता पैदा गर्न र उच्चा तह का नेता हरुको हत्या गर्न युबराज पारस को नेतृत्व मा एउटा समुह बनाइएको र उक्त समुह ले आफ्नो योजाना को सी डी सैनिक ब्यारेक हरुमा गुप्त रुपमा पठाएको दाबी पनि महराको छ । सैनिक ब्यारेक बाटै आफुलाइ उक्त सी डी प्राप्त भएको महरा ले बताए । येसै बिच सभामुख सुबाश नेम्बाङ ले उक्त सी डी गृहमन्त्री लाइ बुझाएको जनाएका छन् । गृहमन्त्री ले उक्त सी डी को अनुसन्धान् भै रहेको जनाएका छन्

थप अपडेट को लागी नेपालडायरी हेर्दै गर्नु होला ।
**************************************************************
केही दिन अगाडी माओबादी अध्यक्ष प्रचन्ड ले पोखरा मा राजाले अमेरिकी अधिकारीको ह्त्या गरी त्यस्को दोष माओबादी लाइ लगाउने तयारी गरेको बताएका थिए । यस् अघि पनि माओबादी नेता हरुले प्रचन्ड लगाएत अन्य माओबादी नेता हरुको हत्या गर्न राजा ले करोडौ रकम खर्च गरेको आरोप नलगाएका होइनन , तर प्रचण्ड को पोखरा को अभिब्यक्ति पछि भने यो बिषय ले सरकार र अमेरिका लाइ हल्लाएको थियो । अमेरिकन राजदुत ले त पत्रकार् सम्मेलन् नै गरेर प्रचण्ड लाइ या त प्रमाण पुर्याउन या “बकम्फुसे ” कुरा नबोल्न चेतावनी समेत दिए तर आज भने माओबादीका प्रबक्ता कृष्ण बहादुर महरा ले माओबादी को संसदिय दल को कार्यालय मा आयोजित पत्रकार सम्मेलन मा राजाले ए मा ले , काङ्रेस र माओबादी का उच्च तह का नेता हरु को हत्या गर्न रु ६० कोरोड रकम छुट्ट्याएको र त्यस्को प्रमाण आफु संग रहेको रहेको दाबी गरेका छन । आफु संग रहेका प्रमाण सहित को सी डी संसद मा आजै पेश गरिएको समेत महरा ले बताएका छन् । सो सिडी माओबादीका बिधाएक जनार्दन शर्मा ले सभामुख समक्ष पेश गरेका हुन । सभामुख् ले सो सिडी आजै गृहामन्त्री लाइ बुझाएको बाताउनु भयो ।