आज गृहनगर बिराटनगर् मा संबाददाता हरु सङ बोल्दै प्रधानमन्त्री कोइरालाले राजा र युवराज दुबै लाइ स्वेच्छाले राजगद्दी त्याग गर्न सुझाव दिनुभएको छ । गृहनगर विराटनगरमा सोमबार बिहान संबादादाता हरु सँग बोल्दै प्रधानमन्त्री ले संविधानसभाको पहिलो बैठकबाट मुलुकमा गणतन्त्रको घोषणा हुने दावी समेत गर्नुभयो । -हामीले संविधानसभाको पहिलो बैठकबाट राजाको टुङ्गोलगाउने छौं र पहिलो बैठकले नै गणतन्त्रको घोषणा गर्छ र त्यसपछि राजाको पनी टुङ्गो लाग्छ । यस अघी राजालाइ पनी स्पेस दिनु पर्ने अभिब्यक्ती दिदै आउनुभएका प्रधामन्त्री ले- राजाको बोली, व्यवहार र क्रियाकलापले ले मुलुक गणतन्त्रको बाटोमाअघि बढेको बताउनु भएको हो । प्रधानमन्त्री कोइरालाले राजा र युवराज दुबै बदनाम भइसकेकाले स्वेच्छाले राजगद्दी त्याग गर्न राजा र युबराज लाइ यस्तो सुझाव दिनु भएको हो । “अहिले पनि राजाले स्वेच्छाले गद्दी छाडिदिए नयाँ वातावरणको सिर्जना हुन्छ”- उहाँले आगाडी भन्नुभयो । राजाको फागुन ७ को बक्त्ब्य पछि राजाको नियति माथि सशंकीत हुनु भएका प्रधानमन्त्री को गण्तन्त्र को पक्षमा यो पहिलो धारणा हो । राजालाइ पनी स्पेस दिने कुरा अब असादर्भिक भइ सकेको बताउदै अब राजाका लागि कुनै स्पेस नभएको पनि कोइराला ले बताउनु भयो । यस अगि माओबादी अध्यक्ष प्रचण्ड ले केहि दिन भित्रै राजा र गणतन्त्र को सम्बन्धमा प्रधानमन्त्री को धारणा आउने बताएका थिए ।