बिराटनगर मा पत्रकार हरु को राजाको वक्तव्यपछि संसदबाट उनलाई कारबाही गरिने भनिएको थियो, त्यो के भयो? भन्ने प्रस्न को जबाफ मा प्रधानमन्त्री कोइराला ले त्यो कारबाही प्रक्रिया चलिरहेको छ । सुविधा, सम्पत्ति, सेना र कर्मचारी कटौती प्रक्रिया चलिराखेकाछन् भन्ने जबाफ दिएको पर्सि पल्ट सरकार ले आज राजदरबार का कर्मचारी र सेना कटौति गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद को बैठक ले राज दरबार मा रहेका राजाप्रसाद सेवा का पचहत्तर प्रतिसत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । जस मध्ये ५० प्रतिसत कर्माचारी लाइ समान्य प्रसासन मन्त्रालय को अतिरिक्त समुहमा र बाकी २५ प्रतिसत लाइ स्वच्छिक अबकास दिइने छ ।
जेस्ठ ४ को प्रतिनिधि सभा को ऐतिहासिक घोषणाले दरबारमा रहेका राजाप्रसाद सेवा का कर्मचारी लाइ निजामतिसेवा मा गाभ्ने निर्णय गरेपनि निजामति कर्मचारी ले भने लोक सेवा आयोग को प्रक्रीया नपुर्‍याइ सोझै निजामती सेवा मा ल्याउने कुराको बिरोध गर्दै आएका छन ।
हाल दरबार मा ७७४ कर्मचारी कार्यारत रहेका छन । मन्त्री परिषद ले आजै राज दरबारमा रहेका सुरक्षा कर्मी को संख्या पनि कटौती गर्दै लाने निर्णय गरे पनि कहिले सम्म मा र कति कटौती हुने भने निर्णय नगरिएको ले सरकार को यो निर्णय को कार्यान्वन मा भने हामी लाइ चै त्यति बिश्वास छैन्? तपाइ लाइ नि?