अपडेट
आजफेरी राजाबादी हरु पाँचथर बाट लखेटीएका छन । राजतन्त्र को वकालत गर्दै कार्यक्रम गर्न राप्रपा नेपाल का पद्म सुन्दर लावती सहीत का राजाबादीहरु पांचथर पुगेपछि बिध्यार्थी तथा आठ दल सम्बध कार्यकर्ताले कार्यक्रम गर्न नदीइ लखेटेका हुन। बिध्यार्थीहरुले लखेटेपछि पद्म सुन्दर लावती भागेर आफै प्रहरी कार्यालय पुगेका थिए। मण्डलेहरु भागेपछि बिध्यार्थीहरुले सभा आयोजना गरी नेपाल लाइ चाडै गणतन्त्र मा लानुपर्ने माग गरेका थिए। यस अघि हिजो मात्र पनि रबिन्द्र नाथ शर्मा सहीत मण्डलेहरुले झापामा राजतन्त्रको वकालत गरे बापत राम धुलाइ खाएका थिए।
***********************************************************************
सक्रिय राजतन्त्रको वकालत गर्दै आएका राजाबादीहरुको आज फेरी रामधुलाइ भएको छ । रामधुलाइ गर्ने चै परेछन झापाली हरु। झापाको बिर्तामोडमा आज कार्यकर्ता भेट्न गएका रबिन्द्र नाथ शर्मा लगाएतका राजाबादीहरुलाइ सातदल र माओबादीका कार्यकर्ताले कुटपिट मात्र गरेनन , उनिहरु बसेको होटलबाट बाहिर निकालेर बेइज्जति समेत गरे । रामधुलाइ पाउनेहरुमा सर्बश्री(?) रबिन्द्रनाथ शर्मा, शाही साशनकालका मन्त्री टेक नारायण राजबंसी , शाहि सर्कारको तत्कालिन जि बि स अध्यक्ष राजेन्द्र लिङदेन (२०४६ को जनाअन्दोलन् मा यहि मण्डले ले राम थापा को हत्या गरेको थियो ), कुख्यात मण्डले कुन्दन खडका , सगुन लावती (पद्म सुन्दर लावति पुत्र ) लगाएत छन् ।
यस अघि पनि रबिन्द्र नाथ शर्मा ले पोखरा र काठमाण्डौ मा राजतन्त्रको वकालत गरे बापत राम धुलाइ खाइसकेका छन् ।