नेपाल डायरी ११:१५ PM


kune.jpg

बिगत एक हप्ता देखि अन्तरिम सरकार गठन गर्ने कुरालाइ लिएर नेपालि राजनितिमा फेरी एक पल्ट “जुंगा को लडाइ ” सुरु भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह र अर्थजस्ता मन्त्रालय, नेकपा (एमाले) र नेकपा (माओवादी) ले उपप्रधानमन्त्री लगायत् महत्त्वपूर्ण मन्त्रालय पाउनुपर्ने दाबी गरेका पछि आज पनि बालुवाटारमा अन्तरिम सरकरर्को खिचडी पाकेन । प्रधानमन्त्री लगाएत काङ्रेस, एमाले , माओबादी लगाएत दल का नेता हरुले १/ २ दिन भित्रै अन्तरिम सरकार बन्ने भनेर पटक पटक सारबजनिक सभा समारोह मा “खोक्ने ” गरे पनि पद र सत्ता को लागि लुब्ध नेता हरु आफुले राम्रो मन्त्रालय पाउनु पर्ने नत्र सत्तामा नजाने धम्की समेत दिन थालेका छन । प्रत्येक दिन आठ पार्टी का नेता हरु बालुवाटार मा भेला हुन्छन ” मा जंगल बाट आएको / म सङ यति सेना छ , मलाइ यो पद चहिन्छ “” म पुरानो पार्टी मलाइ त्यो मन्त्रालय चाहिन्छ “” म खाट्टी कम्युनिस्ट मलाइ राम्रो ठाउ चाहिन्छ ” चर्का चर्का स्वर मा कुरलन्छन् , आफ्नो जुंघा मा ताउ लगाउछन् र फर्क्नछन ।

, लोकतन्त्र, दिगो शान्ति र शान्तिसुरक्षाको प्रत्याभूति गर्ने , सबै द्वन्द्व र समस्याहरूलाई वार्ता र संवादको आधारमा शान्तिपूर्ण व्यवस्थापन गर्ने, विस्तृत शान्ति सम्झौता र त्रिपक्षीय सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने, संबिधान सभा को निर्बाचन निस्पक्ष र भयमुक्त बाताबरणमा गर्नुपर्ने राष्ट्रीय अजेन्डा हरुलाइ ओझेल मा पारेर आ- आफ्नो डम्फु बजाउने नै हाम्रा आठ पार्टी का नेता हरु बहादुरी हुन थालेको छ ।
आफु लाइ अरु भन्दा बढि क्रान्तिकारी देखाउने होडमा लागेका एमाले र माओबादी कमसेकम आफुले एक पद भएपनि बेसि पाउनु पर्ने अडान मा लागेका छन् भने दुबै को झगडा को फाइदा लिने र मौका मा चौका हान्ने सुरमा नेपालि काङ्रेस रहेको छ ।

नेपलि नेता हरु मा जहिले पनि एउटा कमजोरी देखिदै आएको छ । देस का जल्दा बल्दा समस्या प्रति बहस गर्ने र समस्या को समाधान गर्नु पर्ने महत्वपुर्ण बेलामा पनि देश् र जनता प्रति पटक्कै गम्भिर देखिएनन / देखिदैनन नेपाल का नेता हरु । जहिले पनि पद र सत्ता का लागि मरिहत्ते । हुदा हुदा केही त गर्ला को जस्तो देखिएको माओबादी लाइ समेत यहि रोग ले झन च्याप्पै गाजेको छ आजभोलि ।
“आठ माझि को सल्लाह ले गाउ डुब्ने खतरा ” भन्ने एउटा नेपालि कथा छ। कतै जुंघाको लडाइमा ब्यस्त “गाँडु” नेता हरु को कारण हाम्रो पनि गाउ डुब्ने त होइन? बेलै मा सतर्क र साबधान हुने बेला आएको छ । सबैलाइ चेतना भया ।

Advertisements