नेपाल डायरी २:५० AM

राजा लाइ कारबाहि गर्नु पर्ने माग लगातार उठिरहेको बेला , मण्डले कमल थापा ले आफ्नो गृह जिल्ला भनेर धाक लगाउदै आएको हेटौडा ले आज नारायणहिटि लाइ गतिलो जवाफ दिएको छ । “तिमिले कानुन मिचेर पर्खाल लगाएको ले भत्काएको हो र त्यस्को को क्षतिपुर्ती तिमिले पाउदैनौ भनेर ” हजुर!! आज हेटौडा नगरपालीका ले दरबारलाइ एक पत्र पठाउदै दरबारको नाम मा रहेको हेटौडा को रानि(कान्ति ऐर्श्वर्य दरबार को पर्खाल ) दरबार ले नियम बिपरित बाटो मिचेर पर्खाल लगाएको हुदा उक्त पर्खाल भत्काउने र मुवाब्जा नदिने पत्र पठाएको छ । यस अगि नगरपालीका ले पर्खाल भत्काउने निर्णय पछि दरबार ले गत फागुन १६ गते हेटौडा नगरपालिका लाइ एक पत्र पठाएर सो दरबारको पर्खाल किन भत्काउने र त्यसको क्षतिपुर्ती कस्ले दिने भन्दै स्पस्टीकरण मागेको थियो । जे होस , अनाधिकृत बक्तब्य दिएको आरोप मा राजा लाइ कर्बाहि गर्ने भने पनि सरकार निदाएर बसेको बेला हेटौडा ले भने नियम नमान्ने लाइ क्षतिपुर्ती नदिने घोषणा गर्नु लाइ ठुलै आट गरेको मान्नु पर्छ , हेटौडा को काम तारिफयोग्य छ ।बधाइ छ हेटौडा !!
**********************************************************************

दरबारद्वारा नगरपालिकासग स्पष्टीकरण माग

मकवानपुर (रासस)- हेटौंडास्थित कान्ति ऐर्श्वर्य दरबार (रानी दरबार) को पर्खाल भत्काएर पैदलमार्ग बनाउने योजनाको सम्बन्धमा राजदरबारले हेटौंडा गरपालिकासग सोमबार स्पष्टीकरण मागेको छ ।

एक महिनाअघिको र्सवपक्षीय निर्णयको आधारमा नगरपालिकाले रानी दरबारको पर्खाल भत्काई पैदलमार्ग बनाउने भनेर जानकारी पठाएको पत्रको जवाफमा दरबारले स्पष्टीकरण मागेको हो । हेटौंडामा बढेको पैदलमार्ग बजारलाई व्यवस्थित गर्न नगरपालिकाले रानी दरबार र फरेस्ट्री क्याम्पसको पर्खाल भत्काएर पैदलमार्ग बनाउने योजना बनाएको थियो ।