नेपाल डायरी ११:३०

फेरी बन्द को समाचार त सुन्नु नै भो होला । अनिस्चितकालिन बन्द भनेका छन् ब्यापारीले । माओबादीले(खोइ केस्ले हो त्यो चै स्पस्ट छैन है) एकजना होटल ब्याबसायि लाइ अपहरण गरि भकुर्न सम्म भकुरेछन हिजो । २० लाख चन्दा मागेका रे । यिन ले चन्दा दिन अस्विकार गरेपछि हिजो भने माओबादीले अपहरण गरि बुद्धनगरमा लगेर थुनेछन र निर्मम यातना दिएछन् । ब्यापारी हरुको भनाइ हो यो ।

ब्यापारी लाइ के थियो र, यहि निहुमा आज देखि देसब्यापिरुपमा आन्दोलन सुरु गरेकाछन । उद्योग,कलकारखाना, ब्यापार ब्याबसाय, शिक्षण संस्था, यातायात सबै अनिस्चितकालिन बन्द गर्ने निर्णय गर्दै बिरोध र्‍याली निकाले ब्यापारी ले ।

प्रधानमन्त्रीलाइ बिरोध स्वरुप ज्ञापन पत्र पनि बुझाउन गए ब्यापारीहरु । तर प्रधानमन्त्रीले भेट दिएनन । अब गृहमन्त्रीले राजिनामा नदिए, ब्यापारीको सुरक्षा नगरे सबै कारोबार बन्द गर्ने रे ।
गजब छ यो देश !! चण्डि राज ढकाल र बिनोद चौधरी जस्ता देसमारा र बैंकमारा हरु जुद्ध् सालिक मा बसेर गर्जे आज। ठुलै भिड थियो ब्यापारी र पत्रकार् को पनि । (हे. तस्बिर)

7.jpg

कसैको ज्यान खतरामा पर्नुहुदैन । अपहरण र कुटपिट कसैलाइ गर्नु हुदैन भन्नेमा हाम्रो पनि बिमति छैन । तर के एकजना गरिबमारा ब्यापारीको पछि लागेर देसै बन्द गर्नु उचित हो? के गल्ति माओबादिको मात्र छ? हरि श्रेस्ठ पनि दुधले नुहएका ब्याक्ती त पक्कै होइनन होला ।

एक मिनेट सारा तर्क/ बितर्क छाडेर आउनुहोस हरि श्रेस्ठ को हुन , हेरौ ।
दरबारमार्ग स्थित होटल उडल्यान्डका संचालक हुन हरि श्रेष्ठ । गरिब मारेर पैसा कमाउन र होटलमा सामान सप्लाइ गर्नेको पैसा नतिर्ने मा एक नम्बरमा नाम आउछ यिनको । धादिङका तरकारी सप्लाइ गर्ने किसान हुन वा काभ्रेका , वा न्युरोड अथवा पुतिलीसडक का होटल सप्लायर , यिनले कति ब्यापारी डुबाए लेखाजोखा नै छैन । सप्लायरको मात्र होइन , कर्मचारिको तलब दिन भने पचि उनको टाउको दुखेर आउछ । म भने आज तपाइलाइ एउटा पुरानो कथा सुनाउछु ।

करिब एक दशक भन्दा अगाडीको भएपनि अहिले सान्दर्भिक भएको ले यहा उल्लेख गरिएको हो ।

एक जना बैद्य थरका ब्याक्तीको ए सी र रेफ्रीजेरेटरको पसल थियो , भोटेबहालमा (पछि पसल छोडेर पत्रकारिता गरेका यि ब्याक्ती नेपाल का एकजना चर्चित् पत्रकार हुन । नाम चै उल्लेख नगरौ कि?) बैद्यको पसल बाट यि श्रेस्ठ ले ए सी का सामान मगाउने तर पैसा तिर्न भने पछि यिन लाइ ज्वरो आउने । ६, ७ महिना सम्म पनि श्रेस्ठ ले पैसा नतिरे पछि बैद्य लाइ चल्न सम्म झोक चल्यो । एक दिन होटल मा गएर पैसा मागे बैद्य ले । तर कन्जुस श्रेस्ठ ले किन पैसा दिन्थे । केहि बेर को चर्का चर्कि भए पछि पैसा नपाएको झोक मा बैद्य ले पेपर वेट उठाएर हाने श्रेस्ठ लाइ । उनलाइ लाग्न त लागेन र श्रेस्ठ ले बबाल खडा गरे । पुलिस बोलाए , रिपोर्ट लेखाए प्रशासन मा ।

कुरो पुग्यो तत्कालिन अंचलाधिस बिष्णु प्रताप शाह को मा ।उन्ले दुबै पक्ष लाइ अंचलाधिस कार्यालयमा बोलाए । तर श्रेष्ठ किन जान्थे , उन्को होटल को कुक लाइ पठाए । बिचरा कुक अञ्चलाधिस को सामुन्ने पर्ना साथ होस हवास उड्यो । रुदै बिन्ति गरे – सर मलाइ केहि थाहा छैन , म त साधारण करमाचारी हु ।

अञ्चलाधिस ले पुन: अर्को दिन श्रेष्ठ लाइ हाजिर हुन बोलाए । किन जान्थे श्रेस्ठ मरेकाट्टे गएनन । झोकि शाहले प्रहरी लाइ आदेश् दिए – पक्रेर ल्याओ । प्रहरीले पक्रेर त लग्यो तर श्रेष्ठ ले बयान दिनै मानेनन । परेन फसाद ।

शाहले थुन्ने धम्की दिएपछि श्रेस्ठ ले बयान त दिए तर यसरी —
 कति पैसा तिर्नु छ?
 छ होला १०, १५ हजार जति ( पैसा तिर्न भने ८० हजार जति बाकि थियो )

 अनि समान लगेपछि पैसा तिर्नु पर्दैन त?

 तिरौला बिस्तारै , पैसा भएपछि ( स्मरणिय छ , श्रेस्ठ को मा बाकी उठाउन जाने सबैलाइ यस्तै जबाफ दिन्छन, पैसा भएपछि दिउला न ! )

 शाहले कड्केर भने – तपाइ सामान लाने अनि पैसा चै भएको बेला तिर्ने भनेर टार्ने?

 श्रेस्ठ के कम – मैले सामान बुझेको होइन , कस्ले सामान बुझेको हो मलाइ थाहा छैन भन्ने पो जबाफ दिए ।
बिल भर्पाइ खोज्ने काम भयो – स्टोर का कर्मचारीले सामान बुझेका रहेछन् । श्रेस्ठ ले भने – ति कर्मचारी अहिले होटल छोडेर गैसके। मलाइ थाहा छैन । कति तिर्नु छ?

वावा कत्रो फुर्ती?

आजित भएका शाहले यो केश हेर्न जिम्मा तत्कालिन सहयक अञ्चलाधिश लाइ दिए( बस्नेत थरका सहायक अञ्चलाधिश थिए , नाम् चै अहिले बिर्से मैले ) बस्नेत अलि कडा स्वभाबका – श्रेस्ठ लाइ तुरुन्तै भने – पैसा तिर्ने भए तिर नत्र थुनिदिन्छु । खोर मा पर्ने धम्कि आएपछि भने श्रेस्ठ कालो निलो भए र पैसा तिर्ना राजि त भए तर १५ दिन को भाका मागे र भने – पैसा लिन होटलमा आउनु । तर बैद्यले अडान राखे – म होटलमा पैसा लिन जान्न् -पैसा ल्याएर प्रशासनमा बुझाउनु पर्छ र कागत च्यात्नु पर्छ ।
१५ दिन बित्यो तर श्रेष्ठ पैसा तिर्न आएनन । होटलमा बुझ्दा थाहा भयो , प्रशाशन बाट फर्केको पर्सी पल्टै श्रेष्ठ थाइल्याण्ड भागेछन ।

बारम्बार ताकेता गर्दा पनि श्रेष्ठ को अत्तोपत्तो थिएन । थाइल्याण्ड बाट त फर्केछन श्रेष्ठ तर होटलमा नगइ कसै लाइ थहा नदिइ त्रिपुरेश्वरको होटल ब्लु-बर्ड मा लुकेर बसेछन । एकदिन यिनै बैद्य पैसा उठाउन ब्लु-बर्ड होटल के पुगेका थिए – श्रेष्ठ फेला परिहाले । अब परेन फसाद श्रेष्ठ ले बिन्ति गरे – पुलिस नबोलाउनु , अहिल्यै पैसा दिन्छु ।

यो त एउटा सानो उदाहरण मात्र हो , अरु कति को पैसा ति यिनेले सित्तैमा पचाए ।

मलाइ चै के लाग्छ भने धेरै को पैसा यसरी नै बिभिन्न बहाना बनाएर तिरेका छैनन यिन्ले । पैसा उठाउन नसके पछि माओबादीको सरणमा गएका ब्याक्तीहरुको अनुरोधमा यिनलाइ अपहरण गरिएको हुन सक्छ । अहिले सम्म यो कुरा बाहिर नआए पनि यिन को अपहरण को पछि यहि तत्व कारक त छैन ?

अर्को कुरा नेपाल का मिडियाको हालत देखेर त मलाइ दिक्कै लागेर आउछ । “बुझो न सुझो ….. गौडी पुज्यो” भन्छन् नि त्यहि ताल छ । सत्य तथ्य बुझेर समाचार लेख्ने दिन नेपाल मा कहिले आउला खोइ? कि ब्यापारी को बिरोध मा लेख्दा मीडीया को अर्थस्रोत बन्द हुने डर ले हो? सहि कुरा लाइ सहि र गलत कुरा लाइ गलत अर्थात ” हल्दी र हलेदो ” सम्म छुट्ट्याउन नसक्ने भए नेपाल का मिडिया हरु?

Advertisements