नेपाल डायरी @ १०:३०

भरखरै भृकुटीमण्डपमा दोहोरी सकियो क्यारे , लोक गायक /गायिका हरुको तर नेपाली सडकमा देखिएको दोहोरी भने सकीने कुनै छाटकाट छैन । (माओबादी र दल / सरकार्को दोहोरी पनि बालुवाटार तिर जारी नै छ,) ब्यापारी र माओबादीको नया दोहोरी( सडक नाटक भने पनि हुन्छ) जो देख्न पाइयो आज फेरी
“अजब नेपाल, गजब काश्मिर ” भन्थे मेरा एक मित्र , नेपाल साच्चै अजब लाग्न थाल्यो मलाइ आजभोली । केहि निहु चाइदैन कसै लाइ सडक तताउन । कोहि भन्दा कोही कम भएनन । सबै कान्तिकारी, सबै सक्तिसाली, सबै नेता । ब्यापारी हरु पसल/उधोग बन्द गरेर सडकमा के गएका थिए, माओबादी ट्रेड युनियन का मजदुर हरुले पनि आज देखि होटल , रेस्तुरा, कल कारखना बन्द गरेर सडक मै आए । अझ भोलि देखि सबै उद्दोग , कारखना, होटल मा ताला लगाउन धम्कि दिएका छन कामरेड हरुले ।
बार्तामा पनि बसे क्यारे आज ब्यापारी हरु , तर पनि बन्द फिर्ता लिएको खबर भने अहिले सम्म पनि आएको छैन । हुन त यो बन्दको भित्री नियत श्रेष्ठ कुटिए भन्ने होइन , काल पल्क्यो भन्ने हो , त्यो पनि बैंकमारा, भष्ट र दरबारिया ढकाल, चौधरी, र उमेश श्रेष्ठ हरुको ।
” आफ्ना काला कर्तुत र पोल हरु खुल्न थाले भनेर ओठ, तालुसुकेको छ , चण्डी राज ढकाल र बिनोध चौधरी हरुको । भोलि माओबादी हरु सत्तामा गए भने आफुहरु कारबाहि मा परिने हो कि भन्ने डर ले हो वा किन हो , एउटा सानो इस्युलाइ लिएर “के के न हुन आट्यो , बर्बादै भयो ” जस्तो गरी जुद्द सडक र बसन्तपुर तिर चिच्याइरहेछन ब्यापारी हरु ।
आम आसंका गरिएझै ब्यापारी हरुको भित्री नियत भने अर्कै छ , सरकार ले पासपोर्ट जफत गर्ने / कालो सुचि मा राख्ने निर्णय गरे देखि नै “कुनै निहु” खोजिरहेका ब्यापारी हरु “तिल लाइ पहाड ” बनाउन कम्मर कसेर लागेका छन ।
यता कामरेड हरु पनि कोहि भन्दा कम चै छैनन । समानन्तर सरकार चलाएर , कर र चन्दा संकलन देस भरि नै जारी राखेका छन ( तथापि चण्डि राज ढकाल हरु लाइ चै त्यो कुरा को त्यति वास्ता छैन , कसरि आफु जोगिने मात्र चिन्ता छ , नत्र माओबादीले हिजो/ अस्ति मात्र चन्दा र अपहरण गरेका होइनन मोफसल मा त यो प्रकृया धेरै पहिले देखि चल्दै आएको छ । तर ढकाल हरु यो बिसय मा चुँ सम्म गरेको सुनिएको थिएन )माओबादीको ज्यादति रोकिएको छैन । कानुन हातमा लिएर बितण्डा मच्चाइरहेका छन ।

देस ज्यादै सक्रमणकालिन स्थितिमा छ । जेस्ठ मा संबिधान सभाको निर्बाचन हुन नसके ०१७ साल दोहोरिन सक्ने चेतावनी दिएका छन प्र मा कोइरालाले । तर यि ८५ बर्सीय बुढाको कुरा गम्भिरता पुर्बक किन कोहि तयार छैनन , सबै आ-आफ्नो ताल मा डम्फु बजाउन मस्त छन । देस को चिन्ता, जनताको चिन्ता कसैलाइ छैन , न त सरकार, न माओबादी, न ब्यापारी, न दल हरु ।
धमिलो पानिमा माछा मार्न उद्धत तत्व हरु पानि धमिलो बनाउने कसरत मा कम्मर कसेर लागेको छन । माओबादीलाइ सरकारमा आउन नदिइ बाहिर बाहिरै राखेर देस मा अस्थिरता र अशान्ती मच्चाउने आफ्नो योजना सफल बनाउन ज्ञानेन्द्र शाह र सच्चित समसेर हरु जोड घटाउमा ब्यस्त छन । तर यो कुरा न त सरकारले बुझ्यो , न त माओबादी ले । ब्यापारी त ब्यापारी भै हाले – जहिल्यै नाफा नोक्सान को हिसाब हुन्छ ब्यापारीको – अन्तिम मा जता नाफा हुन्छ त्यतै जान्छन ।

यो बेला मलाइ भने बरिष्ठ पत्रकार भैरब रिसाल ले भनेको एउटा कुरा याद आइरहेछ । रिसालले भन्नुहुन्थ्यो – “काग र कोइली दुबै काला हुन्छ्न् सग सगै हुर्कन्छ्न / बढ्छन् ।(नेपालि उखानै छ कोइली कागकै बच्चा हुन्छ सानो हुदा ) तर जब बसन्त ऋतु आउछ , कोइली मधुर स्वरमा ‘को हो को हो’ भन्न थाल्छ , तर काग ……..। त्यही बेला छुट्टिन्छ काग र कोइली । हो यो बेला हो कित्ता छुट्टिने , काग र कोइलि छुट्टिने , को प्रतिगमन को कित्तामा छ, को गणतन्त्रको कित्तामा छ स्पस्ट हुने ।
एउटा कुरा सबै ले याद राखे हुन्छ, नेपाली जनता भेडा बाख्रा होइनन , ह ह भनेको भरमा तिमि जता भन तेतै जाने , २१ शताब्दी का नेपालि जनता हरु काग र कोइली छुट्याउन सक्षम छन । प्रतिगमन र अग्रगमन को कित्ता छुट्याउन सक्षम छन । तिम्रा काला कर्तुत हरु / भ्रष्ट अनुहार हरु चिनी सकेका छन जनताले । होस गर जनता सुतेका छैनन , न त बिश्राम लीएका छन ।”ब्यापारी, सरकार , माओबादी सबै लाइ चेताना भया ।”

Advertisements