माओबादी, फोरम भिडन्त -२६ जनाको मृत्यु


नेपाल डायरी ८:५०

१२ बर्शे हत्या हिम्सा बाट केहि समय को लागि मुक्ती पाएका नेपाली हरुके आज फेरी ठुलो संख्या मा मृत्यु को दुखद समाचार सुन्नु परेको छ ।
रौटहट को गौर मा आज माओबादी र मदेसि जनाधिकार फोरम बिच भएको झडपमा गोलि हानाहन हुदा कम्ति मा ३ महिला सहित २६ जनाको मृत्यु भएको र करिब ५ दर्जन जति घाइते भएको दुखद समाचार आएको छ । मारिने सबै माओबादी कार्यकर्ता भएको बुझिएको छ । घाइते मध्ये करिब २५ जनाको स्थिति गम्भिर रहेको छ । त्यहा स्थानिय प्रशाषन ले साझ ६ बजे देखि भोलि बिहान सम्म को लागी कर्फ्यु आदेश जारी गरेको छ । गौर स्थित राइस मिल मा माओबादीको मदेशि मुक्ती मोर्चा र मदेशि जन अहिकार फोरम ले आज एकै ठाउमा आमसभा को आयो जना गरे पछि भिडन्त भएको हो । हिजो दुबै पक्ष ले सो स्थानमा आमसभा गर्न मन्च बनाएका थिए । तर आज बिहान फोरम का कार्यकार्ता ले माओबादीको मन्च भत्काइदिएपछि भिडन्त र गोलि हानाहन भएको हो । उक्त कर्याकर्म मा माओबादीका बिधायक प्रभु शाह र फोरम् का उपेन्द्र यादेव ले संबोधन गर्ने कार्याक्रम् थियो । माओबादी र फोरम का कार्यकर्ता बिच यस अगि पनि पटक पटक बिभिन्न स्थान मा झडप हुदै आए पनि यति ठुलो संख्यामा हताहत भएको भने यो पहीलो पटक हो ।

Advertisements

One thought on “माओबादी, फोरम भिडन्त -२६ जनाको मृत्यु

  1. बिचारा गरीबका छोराछोरी मर्ने मारिने श्रीन्खला नेपालमा कहिल्यै रोकीएन /
    प्रजातान्त्रिक मूल्यमान्यता र शान्ति सूरछा कायम राखि देशलाई कुशल नेत्रित्व दिने हुति नेपाली कान्ग्रेस्मा कहिल्यै देखिएन : नत ७ साल पछि, नत १५ साल पछि, नत ४६ साल पछि, नत ६३ साल पछि / माओबादिको हिन्सात्मक आन्दोलन पनि नेपालि कान्ग्रेसको “शान्ति सेना” को ज्यादतिको प्रतिकारकै क्रममा बिकाश भएको हो / मैले सधै भनिरहेको छु, नेपालमा लोकतन्त्र अलाप्न सुहाउने अनुशाशितशैली नत नेता भनाउदाहरुमा छ, नत जनतामा नै / सामन्ति राजसस्था त फ्याक्नै पर्छ, तर त्यसपछि कर्त्यब्यनिष्ठ र अनुशाशित नेत्रित्वले देशमा कानूनको पालना गराउने छेमता राख्नु पर्छ् / नेपालि कान्ग्रेस् जस्ले सधै आन्दोलनको सफलता पछि नेत्रित्व समालेको छ, ले कहिल्यै राज्य सन्चालनको छेमता देखाउनै सकेन / कुनै पार्टिले पनि लोकतान्त्रिक सस्कार बिकास गरेको देखिदैन / तर नेपली कान्ग्रेश् सबै भन्दा नालायक देखियो भन्दा अतिशयोक्ति नहोला /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w