नेपाल डायरी @ ११:००

मृत्यु हुनेहरूमा माओवादीको योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) सदस्यहरू मकवानपुरका प्रभा, राजन पोख्रेल, लफफा, गोर्खाका अर्जुन, बाराका प्रमोद यादव, रौतहटका संजोग, संजु, खातुन जिंगडवा, रामविश्वास यादव सरमुजवा लगायत रहेको मानब अधिकार बादी संस्था INSEC ले जनाएको छ । INSEC का अनुसार मृत्यु हुने अधिकांशलाई टाउकोमा लाठी र गोली लागेको छ । अधिकांश मृत्यु हुनेहरूमा वाईसीएलका कार्यकर्ता रहेको छन् ।घाइते हुनेहरूमा रबिन्द्र केसी, विष्णु गजुरेल, कविता, प्रकाश लामा, मीरा तामाङ्ग, नरेश उपाध्याय, लक्ष्मण सहनी, बालानन्द यादव, शम्भु महतो, उमेश ठाकुर र सन्तोषी लगायत रहेका छन् । उपचारको क्रममा हेटौंडामा दुई जनाको मृत्यु भएको छ भने बाँकीको उपचार गौर अस्पतालमा भइरहेको छ ।

pic.jpgउक्त झडप मा करिब ६०० माओबादी कार्याकर्ता र १२०० फोरम का कारकर्ता संलग्न रहेको CNN ले जनाएको छ । अधिकास मृतक हरु सर्बसाधारण रहेको आसंका गरीएको छ ।

[गोली चल्नुभन्दा अगाडी बुबै तर्फ का लाठी लिएका कार्यकता ले एकआपसमा हानाहान गरेका थिए । । चौरको दक्षिण तर्फ फोरमको र उत्तर तर्फ माओवादीको मञ्च बनएको थियो ।मृतक हरु सन्जु खातुन सहित २ महिला प्रमोद यादव, सन्जोग, अर्जुन, रामविश्वास यादब र लफ्फाको मात्र नाम खुलेको छ कान्तिप्रुर ले जनाएको छ ।फोरमका उपाध्यक्ष किशोरकुमार विश्वासले आफ्नो केन्द्रीय सभालाई माओबादी मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेकाले प्रतिरोध गर्दा उक्त घटना हुन पुगेको बताएका छन । उनका अनुसार माओबादी ले सभा बिथोल्न फायरिङ भएपछि प्रतिरोध सुरु भएको थियो । भने माओवादी का देव गुरुङले घटनालाई दरबारिया र भारतीय अतिवादी शक्तिबाट खुलेआम हमला भएको बताए । भारतबाट हतियार ल्याएर आक्रमण गरिएको दाबी पनि देब गुरुङ् ले पनि गरेका छन ।
गौर मा मर्ने हरुको संख्या २७ पुगेको छ । सबै मृतका हरु को सनाखत हुन सकेको छैन । मृतक हरु सबा माओबादी रहेका र गोली एकतर्फी रुपमा मदेसि जन अधिअकार फोरम को तर्फ बाट मात्र चलेको जस्तो देखिएको छ । प्रहरी ले लामो दुरी को हतियार बाट गोली चलेको बताएको छ । कान्तिपुर ले जनाए अनुसार ” उपचारका लागि भरतपुर अस्पताल ल्याएका माओवादीका योङ कम्युनिस्ट लिगका कार्यकर्ता ‘प्रसंग’ का अनुसार फोरमका कार्यकर्ताले खुकुरी र तरबार प्रहार गरी घाइते बनाएका थिए । तर अरू आफ्ना सहयात्रीहरूलाई भने गोलीसमेत प्रहार गरेको उनले बताए । ‘कार्यक्रमस्थलमा अघिल्लै दिन फोरमका कार्यकर्ताहरू आधुनिक हतियारसहित आक्रमणको तयारी अवस्थामा थिए,’ उनले भने । अस्पतालले भने घाइतेलाई गोली नलागेको जनाएको छ । उनीहरू धारिलो हतियार प्रहारबाट घाइते भएको अस्पतालले जनाएको छ । घाइते माओवादी प्रसंगका अनुसार फोरम कार्यकर्ता अघिल्लै दिन हतियारसहित तयारी रहेको जनाइएको छ ।”]

[गृह मंत्रालय ले बिज्ञाप्ति जारी गर्दै ‘यो अत्यन्त ठूलो र हिंस्रक घटना हो, आपराधिक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ,’ भनेको छ । एकै स्थानमा दुइ पक्षको आमसभा गर्दा विवाद हुन सक्ने र सुरक्षाका दृष्टिकोणले समेत उपयुक्त नहुने भएकाले स्थानीय प्रशासनले पटक-पटक सम्झाउदा पनि दुवै पक्षले अडान नछाडेकाले घटना भएको बताउदै गृह ले यस्ता घटनाबाट विचलित नभई संयमित र शान्ति पुर्ण रूपमा स्थिति नियन्त्रण गर्न सम्बद्ध सबैबाट सहयोग पुग्ने मा सरकार विश्वस्त रहेको बिज्ञाप्ति मा जनाएको छ । ]
[ उता राष्ट्रसंघीय मानव अधिकार उच्च आयोगकी नेपाल प्रमुख लेना सुन्धले रौतहट घटनाको भर्त्सना गर्दै विज्ञप्ति जारी गरी माओवादीको केन्द्रीय र स्थानीय इकाईलाई तत्काल यस प्रकारको हिंसा अन्त्य गरी संवादबाट समस्याको समाधान गर्न आग्रह गरेकी छन् । अफ्ना कार्यालयका मानव अधिकार अधिकृतहरूले घटनाको छानबिन गरिरहेको समेत प्रमुख लेना सुन्धले बताएकी छन ।]

13.jpg
माओबादी का राम बिलास यादब , प्रमोद यादव , क अर्जुन लगाएत को सनाखत भएको छ भने घाइते हरुको नरायणी क्षेत्रीय अस्पताल मा उपचार हुन नसके पछि भरतपुर लगिएको छ । घाइते हरुको अबस्था गम्भिर रहेको ले मृतकको संख्या अझ् बढ्न सक्ने बताएको छ ।
21.jpg

यसै बिच स्थानिय प्रसाशने ले आज बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म का लागी कर्फ्यु जारी गएको छ ।

यसै बिच बी बी सी ले माओबादी बिधायक प्रभु साह लाइ उद्दत गर्दै भनेको छ । ” भारतीय नम्बर प्लेटको गाडीमा आएको सशस्त्र समूहले आफ्ना कार्यकर्तामाथि एकतर्फी हमला गरेको बताए।”

Advertisements