नेपाल डायरी @ ९:००

[मृत्यु हुनेको संख्या २९ पुग्यो । मृतक हरुको सबा काठमाण्डौ ल्याउन सुरु ]

गौर मा मारीएको हरुको सम्झना मा आयोजीत श्रद्धान्जली सभा का केहि दृस्य हरु ।
1fist3.jpg
उक्त कर्याक्रम मा बोल्दै माओबादी हरुले गौर घटना लाइ “दोस्रो दोरम्बा” हत्याकण्ड भन्दै सरकार ले मदेसी जनमुक्ति फोरम क नेता उपेन्द्र यादब र उसका मतियार हरुलाइ तुरुन्त गिरफ्तार गरी कारबाही नगरे आफु हरु त्यस्को बदला मा रगत बगाउन समेत तयार भएको बताए ।

first.jpg

देसि बिदेशि प्रतिकृयाबादी र दरबार बादी हरुले उक्त हत्याकाण्ड गरेको भन्दै माओबादी नेता हरुले ज्ञानेन्द्र शाह र पारश साह लाइ पनि तुरुन्त कारबाही गर्न र मुलुक मा गणतन्त घोसणा गर्न पनि माग गरेका छन ।
3rd-final.jpg

श्रद्धन्जली सभा मा उपस्थित जन समुह
स्थानिय बासी का अनुसार गोली लागेर घटनास्थल मा ७ जना को मात्र मृत्यु भएको र बाकी भागेका माओबादी कार्याकर्ता लाइ खेदि खेदी घरै सम्म पुर्‍याएर मारिएको थियो । घेरै जसो लाइ भाला खुकुरी , तलबार आदीले काटेर मारिएको । भागेर स्थनिय स्कुल मा लुकेका ५ जना लाइ सोहि स्कुल मा आगो लगाइ जिउदै जलाइएको थियो । उक्त घटना मा ज्यान गुमाएका मृतक हरुमा हाम्रो पनि हार्दिक श्रद्धान्जली !!!