नेपाल डायरी @ ११:४५

गौर घटना मा मृत्यु हुने को संख्या २९ पुगेको छ र मृत्यु हुने सबै माओबादी कार्यकर्ता भएको जनाइएको छ , सडकै भरी लासै लासको बिभित्स दृस्य अखबार र टेलिभिजन मा देख्न सकिन्छ । अरु १ दर्जन बेशिको अबस्था गम्भिर छ, मृत्यु हुने को संख्या बढ्ने निस्चित छ । रौटहट बाट पत्रकार हरुले बताए अनुसार मृतकको संख्या ३० भन्दा बढि पुग्न सक्ने संभाबना छ । (कामना गरौ, अरु मृत्यु को समाचार सुन्नु नपरोस ) pic3.jpg
अधिकास मृतक हरुलाइ तलवार, भाला र लठ्ठी ले हिर्काएर मारीएको छ , रगतको आहाल मा डुबेको छ , गौर । सर्बसाधारन हरु त्रास ले घर बाहिर सम्म निस्कन सकेका छैनन । सारा देस सोक मा डुबेको बेला समाचार लेख्दा समेत आङ् जिरिंङ्ग् भएर आउछ ।

काठमाण्डौ मा आयोजित सोक सभा मा बोल्दै माओबादी हरुले उक्त घटना लाइ “दोस्रो दोरम्बा” घटनाको संज्ञा दिएका छन र मृतक हरुलाइ शहिद घोसणा गर्न , क्षतिपुर्ति दिन तथा मदेशी जन अधिकार फोरम का नेता हरुलाइ तत्काल गिरफ्तार गर्न र फोरम लाइ प्रतिबन्द लगाउन सरकार लाइ दवाब दिएको छन । “नत्र हामि जस्तो सुकै बलिदान दिन तयार छौ ।” माओबादीको भनाइ छ । तर लाचार सरकार र उसका गृह मन्त्री रौटहट पुगेर ” दोषि लाइ कारबाहि गर्ने र शान्ति सुरक्षा दिने” जस्ता बेतुकका रटान लगाइ रहेछन ।
pic-5.jpg

दिन दहाडै जिल्ला सदरमुकाम मा , त्यो पनि सुरक्षाकर्मिको अगाडी गोलि चलेको छ, मान्छे मारीएका छन् तर सुरक्षाकर्मी नामका ‘सरकारी ताबेदार” हरु हतियार धारी हरु सिमापारीबाट आएका र आफ्नै अगाडी गोलि चलेको भन्दै “यस्तो होला भनेर नसोचेको र आकस्मिक रुपमा भएको ” भन्दै उचो स्वरमा धाक लगाइरहेछन् , मानौ – गौर मा केही भएकै छैन ।

यत्रो घटना हुदा पनि मुलुकको राष्ट्रप्रमुख घोषित प्रधानमन्त्रीले एक सब्द पनि उचारण गरेको सुनिएको छैन । समबेदना/ मानबिय भावना लेश सम्म पनि छैन कोइरालामा । आफ्ना कार्यकर्ता होइन , माओबादी त मारिएका हुन नी ” कुचो ले बढार्नु पर्ने कसिंगर, हावाले उडायो ” भने झै चुप छन् कोइराला । कस्तो बिडम्बना !! घर घर मा गएर / लखटेर / जिउदै आगो लगाएर मारीएको छ रौतहटमा । जो मरे पनि नेपाल आमाका सन्तान मारीएका छन । नेपालिको रगत बगेको छ । सुनिन्छ बिध्यालय मा समेत आगो लगाएर जिउदै पोल्ने काम भएको छ।
pic-6.jpg

यता अर्को नौटंकी गरेको छ फोरम ले । रगतमा होलि खेलेर आएका रक्त पिपासुहरु आफुले गोलि नचलाएको (तिम्रा बाउले हान्यो त गोलि !!) भनेर संचार माध्यममा बर्बराइरहेछन । तर सरकार यस्ता रक्तपिपासु र देसद्रोहि लाइ गिरफ्तार गरेर जेलमा कोच्नुपर्ने मा खुलेआम जे पायो त्यही बोल्न छुट दिइरहेछ । उक्त घटना मा फोरम को तर्फ बाट गोली नहानिएको भए कस्ले हान्तो त गोलि? कस्ले मार्यो नेपालि आमा का सन्तान ? मैले यसो भनेरह्दा माओबादीको कुनै गल्ती छैन भन्न खोजेको होइन । होला गौर मा माओबादीको पनि गल्ति होला तर गल्ति नै छ भनेर धमाधम मार्न पाइन्छ?
हामिले धेरै पहिले दखि भन्दै आएका छौ , माओबादी लाइ सरकार मा जान नदिन र पर परै राखेर धमिलो पानिमा माछा मार्न उद्ध्त राजाबादी/अमेरीकन सम्राज्यबादी/ अतिबादी भारतिय हिन्दु हरु , ज्ञानेन्द्र शाह र पारस हरु अध्यारो कुनामा बसेर सडयन्त्रको तानाबाना बुनीरहेका छन । कुनै दिन यिनिहरुले बितण्डा मच्चाउछ्न भनेर ।तर निदाएको सरकार ले कसैको कुरा सुनेन । अन्तत त्यही भयो जुन कुराको डर थियो , जुन कुरा नेपालि जनताले चाहेका थिएनन ।

यत्रो रक्तपात हुदा पनि मुकदर्सक बन्ने प्रधानमन्त्री र गृहमन्त्री,तिमिमा लेस मात्र पनि नैतिकता र मानबियता बाकि छ भने तुरुन्त शान्ती सुरक्षा कायम राख्न नसक्ने रौतहटको प्रहरी र प्रशासन बर्खास्त गर । रगतको होलि खेल्ने उपेन्द्र यादव , ज्वाला सिङ्ह वा गोइत जो सुकै हुन, तुरुन्त गिरफ्तार गर । हामि (नेपालि जनता) फेरी पनि के आग्रह गर्न चाहान्छौ भने नारायण हिटी मा बसेर रगतको होलि खेल्ने , जनताको रगत चुस्ने कुख्यात सडयन्त्रकारी ज्ञाने र पारष लाइ दरबार बात निकाल । नत्र तिमिलाइ यो सत्तामा बस्ने कुनै अधिकार छैन, तुरुन्त राजिनामा देउ । देस र जनताको सुरक्षा गर्न नसक्ने नालायक हरु हामी लाइ चाहिएको छैन । एक मिनेट पनि सत्तामा बस्ने अधिकार छैन ।
नत्र तिम्रा पनि एक एक हिसाब एक दिन जनताले गर्ने नै छ्न । भन्छन् नी ‘खुदाका घर देर हे मगर अन्देर नहि ”

अस्तु ।।।