भिडियो ब्लग


नेपाल डायरी डट कम @ 12.25

शिक्षण अस्पताल महाराजगंज र खुलामन्च मा आयोजित शोक शभाका दृश्य हरु समेटिएको यो भिडियो हेर्दा जो कोहि को पनि मन मस्तिस्क मा आक्रोश् को ज्वारभाटा उठ्न सक्छ । हामी प्रस्तुत दृश्य हरु हेरेर उत्तेजित नहुन र संयम कायम राख्न यहाहरुमा अनुरोध गर्दछौ ।

शोक शभा मा माओबादी का नेता तथा कार्यकर्ता हरु अत्यान्त भाबुक देखिन्थे । उनिहरु ले उनिहुरु कै शब्द मा यो जघन्य हत्याकाण्ड लाइ “युद्ध को चुनौति भन्दै आफ्नो धैर्य को बाध टुट्न लागेको र हत्यारा फोरम का नेता हरुलाइ गिरफ्तार नगरे र फोरम लाइ प्रतिबन्ध नलगाए आफ्नो धैर्य को बाद टुटन सक्ने ” बताए ।

“हामी सबै सैनिक हौ र हामी सबैले सैनिक तालिम लीएको छ भन्दै कोहि सैनिक तालिम नलिएको ब्याक्ती ले आफुहरु माथि हात उठाउन नसक्ने बताउदै उक्त घटना मा देशि बिदेसि सैनिक परिचालन भएको माओबादीको दाबी थियो ।

कसैले हामि माथि हतियार उठाउने र हामि चुप लागेर बस्ने यो कदापि हुन सक्दैन भन्दै क्रान्तिकारी हरु आबेशमा आउदैनन त्यसैले हामिले धैर्य गरेका छौ , तर हाम्रो धैर्य लाइ चुप लागेर सहेर बसेको कसैले नठानुन। माओबादीको चेतावनि छ ।

सरकार ले बनाएको छानबिन समिति आफुहरुलाइ अमान्य भएको बताउदै माओबादीले फोरम को नेता उपेन्द्र यादब भारतको दिल्लीमा बसेर पत्रकार सम्मेलन गर्दैछ , किन नेपाली जनताको सामु आउदैन भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

प्रतिगामी र दरबारीया हरुले आफुहरुलाइ पछाडी बाट छुरा हनेको आरोप लगाउदै माओबादीले सरकार ले यो जघन्य अपराधका दोशि लाइ कारबाहि गर्न सक्दैन भने आफुहरु ले कारबाही गर्ने र प्रतिरोध मा उत्रने बताएका छन् । यसै बिच सरकारले उक्त घटनाका दोशि पक्राउ गर्ने रौटहतमा सुरक्षाकर्मी परिचालन गरेको तर हाल सम्म कसै लाइ पक्रन नसकेको हास्यास्पद तर्क दिएको छ ।

उता संसदमा माओबादी सांसद हरुले सरकारको बिरुद्ध मा नाराबाजी गर्दै रोष्टम घेराउगरेपछि आज संसद को बैठक अबरुद्ध भयो । हाम्रा कार्यकर्ता मारेर दोषि लाइ सरकारले सिमाना कटाएको र नेपालि सेना पनि उक्त कार्यमा संम्लग्न रहेको भन्दै संसदमा माओबादीले सरकारको राजिनामा मागेका छन ।

सभामा माओबादी नेता तथा कार्यकर्ता हरु आक्रोशित त देखिन्थे साथसाथै उनिहरु धैर्य पनि देखिएका थिए । सोक लाइ सक्तिमा बदल्ने अठोट तथा नया नेपाल बनाउने आट लीएर हिडेका उनिहरुलाइ हामी बिनम्रता पुर्बक संयम कायम राख्न र यो सोकको घडिमा आबेश मा नआइ दोशि लाइ कार्बाहि गर्न र भबिस्यमा समेत यस्ता क्रुर र आततायि घटना घटना नघटुन भने सचेत रहन आग्रह गर्न चाहन्छौ ।
सारा मुलुक नै सोकमा डुबेको यो घडी मा हामि दिबंगत आत्मा हरुको चिर शान्तीको कामना गर्दै सोक सन्तप्त परिवार जन प्रति यस दुखद घडीमा धैर्यधारण गर्न सक्ने सक्ति प्राप्त् होस भन्ने भगवान श्री पशुपति नाथ संग प्रार्थना गर्दै हार्दिक श्रद्धा सुमन अर्पर्ण गर्दछौ ।

Advertisements

One thought on “भिडियो ब्लग

  1. हो नेपालको अबस्था सारै ह्रिदय बिदारक छ / हाम्रो मन सारै रोएको छ / गौरको घटना सुने पछि पढ्नलेख्न पनि मन लागेको छैन / मर्ने बेलामा कमिलाको प्वाख आउछ भन्छन् / हाम्रो नेपालि समाज् साम्प्रदायिक जातिबादि रोगले बिनाश हुदैछ / के गरम् / न नेता, नत जनतामानै कुनै अनूशाशन् छ / राजनीति (राक्षसनीति) मा अपराधिपन झन् पछि झन् बढिरहेको छ /

    बादल र देब गुरुन्ग् हरुले जेलनेल र बनबास खेपेर बनाएको राजनैतिक धरातल घुम्ने कुर्चीमा चयन काटेका ओम गुरुन्ग् र क्रिष्ण भट्टचनहरुले हत्याए /
    मात्रिका यादव र प्रभु साहहरुले जेलनेल र बनबास खेपेर बनाएको राजनैतिक धरातल माओबादिमाथि बिस्वासघात गरी भारतको जेलमा आत्मसमर्पण गरेर नेपाल पसी दरबारिया सन्ग चोचोमोचो मिलाई एन्.जि.ओ. चलायएर मोज गरेको उपेन्द्र यादवहरुले हत्याइदिए /

    अब बन्ने अन्तरिम सरकारमा प्रधान मन्त्रि लगायत अरु प्रभावशाली मन्त्रालय कान्ग्रेसलाई चाहियो / अनि हतियार थन्क्याए पछि त माओबादी फाल्तु जोकर् ? उसमाथि माओबादि कार्यकर्तामाथि त्यस्तो राक्षसि आक्रमण् / १२ बर्ष सम्म स्वदेशि-बिदेशि शक्तिहरुलाई घुडा टेकाएको माओबादिलाई यसरि चिढ्याउदा देश मशानघाट बन्ने ठुलो सम्भावना छ /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w