गच्छेदारको टाउको चै किन दुख्यो?


नेपाल डायरी डट कम @ 10:05

संसदको वैठकले गौर घटनाका सम्वन्धमा माओबादी द्वारा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ सर्बसम्मतीले पारित गरि सो घटनालाई घोर निन्दा र भर्त्सना गर्दै उच्चस्तरीय राजनितिक छानविन आयोगलाई पुनर्गठनका लागि सरकारलाई कडा निर्देशन दिइएको छ ।यस अगि सरकारले बनाएको समितिलाइ माओबादी हरु ले मान्यता नदिने भने पछि सरकार ले बनाएको समिति लंगडो भएको थियो । माओवादीका नेता कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा घटनामा मृत्यु भएकाहरुलाई उचित क्षतिपुर्ती दिन, घाइतेहरुलाइ सरकारको तर्फवाट उपचार गराउने ब्यबस्था गर्न तथा घटनाका दोशि हरुलाइ कडा कारवाहिका लागि निर्देशन दिइएको छ । नेपालको सिमाक्षेत्रमा वढदो अपराधलाई ध्यान दिंदै आबश्यक सुरक्षा संयन्त्र अपनाउन तथा नेपाली सार्वभौमसत्ताको रक्षको लागि आबयक कदम चाल्न पनि सो बैठक ले सर्कारलाइ निर्देशन दिइएको छ । माओवादी प्रतिकार समितिका नाममा विगतको शाहि सरकार ले बितरण गरेका हतियार गौर घटनामा प्रयोग भएको वताउँदै ती हतियार तत्काल जफत गर्न सरकारलाई निर्देशन दिइएको छ । यस अगि माओबादी ले गौर घटनामा प्रतिकार समिति को नाम मा तत्कालिन शाहि सरकार ले बाडेका हतियार प्रयोग भएको भन्दै सरकार समक्ष उक्त हतियार जफत गर्न दबाव दिदै आएको थियो ।

यता उक्त प्रस्ताब संसद बाट पारित गर्ने नहुने भन्दै प्रजातान्त्रीक काङ्रेस का बिजय गच्छेदार लगाएत ले बिरोध गरेका थिए रे । (यद्दपि उन्ले प्रस्ताबको बिपक्ष मा मतदान गर्ने आट भने देखाउन सकेनन । )अपराधि लाइ कार्बहि गर्नुपछ भन्दा बिरोध गर्नु पर्ने के कारण परेछ गच्छेदार ज्यु? तपाइ लाइ चै यो प्रस्ताब मा के आपत्तिजनक लागेको छ? हामिले पनि जान्न पाए हुन्थ्यो । यिनै बिजय गच्छेदार हुन , जस्ले २०३६ सालमा अखिल का फडिन्द्र तिम्सिना को गोलि हानेर हत्या गरेका थिए ।(स्मरणिय छ , यिन्ले आफुले बोकेको पिस्तोल ले फडिन्द्रको हत्या गरेका थिए ) बिराटनगर क्याम्पसमा फडिन्द्रको हत्या गरेको रिश मा अखिल का बिद्याथि ले यिनलाइ कुटेर एउटा आखा मात्र फुटाइदिनन्, मरणासन्न हुने गरे कुटेर फालीदिएका थिए । भाग्यले बाचेका गच्छेदार आफ्नै निजि हतियार समेत बोकेर हिड्छन क्यारे । अब सरकार ले अबैधानिक रुपमा राखेको हतियार जफत गर्ने भयो र आफुले फेरी अर्को हत्या गर्ने नपाइने भयो भनेर यिनले आपत्ति जनाएका त होइनन?

यो देस को बिडम्बना ! एउटा अपराधि(गच्छेदार) जो जेलको चार दिवार भित्र हुनु पर्ने मा यो देश को गरीमामय संसदमा छ र अर्को अपराधि लाइ कर्बाहि गर्न हुदैन भनेर बर्बराइ रहेछ । सुनसरी तिर का प्रत्येक लाइ थाहा छ , सामान्ति जमिन्दारका पुत्र को कालो कर्तुत । यिनले कसरी राजनिति गर्छन , कसरी चुनाब जित्छन भनेर । आफुले चुनाब जित्न प्रयोग गर्ने भारतिय भाडाका टट्टु हरुलाइ सरकार पकृयो वा नेपाल आउन नदिन सिमाना मा कडाइ गर्यो भने आसन्न संबिधान सभाको निर्भाचन मा आफ्नो खैरियत छैन भनेर यो बबन्डर गर्न खोजेको हो भन्ने हामिलाइ थाहा नभए जस्तो नगर्नुहोस न गच्छेदार ज्यु? हामि पनि जो तपाइकै मतदाता हो क्यारे । यति जाबो कुरा पनि थाहा हुदैन त?

हिजो चित्र लेखा यादब ( यिनि पनि प्रजातान्त्रीक काङ्रेस कै हुन क्यारे) ले सरकार ले मदेशि फोरम का कार्यकर्ता लाइ पक्राउ पुर्जी काटेर गल्ति गर्यो भनिन भन्ने समाचार आएको थियो । यता अस्ति मात्र अ(?) प्रजातान्त्रीक का सभापति देउवाले संबिधान सभाको निर्बाचन सार्नु पर्ने तर्के दिएका थिए । हुन त नेपालको राजनितिमा बोलिको कुनै ठेगान नभएको नेता मा के पी भट्टराइ पछि देउवा कै नाम आउछ क्यारे । “बिनासकाले बिपरित बुद्धि” भन्छन नेपालीमा । यो काङ्रेस प्रजातान्त्रीक का नेता हरु लाइ के भएको हो , आजभोलि । ………. बुद्धि भएको नै पो हो कि?

Advertisements

2 thoughts on “गच्छेदारको टाउको चै किन दुख्यो?

  1. खबर्दार लाज पचाएका अपराधी, डाकाका सरदारहरु कति घ्रीणित राजनीति (=राक्षसनीति) गर्छन् ! थुइक्क, डाका हो ! शहिदहरुको श्रापले तिमिहरुको सत्यनास होस् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w