नेपाल डायरी @ १०:१५

मधेशी जनअधिकार फोरम का नाममा रौतहटको गौर मा २९ जनाको नरसंहार गराएको केहि दिन नबित्दै हिन्दु अतीबादीहरुले हिजो पर्सा र मोरङ मा बम बिष्फोट गराएका छन। नेपाल डीफेन्स आर्मीको नाममा हिन्दु अतीबादीहरु नेपाल लाइ पुन: हिन्दु राज्यको घोसणा गर्नुपर्ने भन्दै नेकपा एमालेको पर्सा जिल्ला पार्टी कर्यालयमा हिजो बम बिष्फोट गराएका छन। त्यस्तै सोही समुहले हिजै बिराटनगर स्थित कान्तिपुर पब्लिकेसनको क्षेत्रीय कर्यालय र सुनसरीको टंकीसुनवारी स्थित म्याक डोएल्स कम्पनी मा पनी बम बिष्फोट गराएका छन। सबै बिष्फोटमा ठुलो क्षती भने भएको छैन।जनआन्दोलन पछिको सङक्रमणकालीन स्थितीमा अस्थिरता फैलाउन हिन्दु अतीबादि हरुले भारतिय हिन्दु तथा दरबारको सहयोगमा यस अघिपनि बिभिन्न घटना घटाउदै आएका छन।

त्यसैगरी हिजै मधेशी जनअधिकार फोरम द्वारा राजबिराजमा गर्ने भनिएको सभामा दंङा गर्न सक्ने आसंकामा जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा १२ गते देखि १४ गते सम्म सभ,जुलुस गर्न निषेधज्ञा जरी गरेकोमा निषेधज्ञाको उल्लंघन गर्दै मधेशी जनअधिकार फोरमले जुलुस निकाल्न खोजेपछि प्रहरी सगँ झडप हुँदा फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र साह सहीत ३ जना घाइते भएका छन भने १५ जना कर्यकर्ता पक्राउ परेका छन। सो झडप मा फोरम का कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले स्थिति साम्य गराउन सात राउण्ड अश्रुग्याँस प्रहार गर्नुका साथै तीन राउण्ड हवाइ फायर गरेको थियो ।

Advertisements