नेपाल डायरी डट कम @ 6:15

बिभिन्न मानवअधिकारवादी संस्था हरुले गौर घटनाको स्थलगत अध्ययान गरी मधेसी जनअधिकार फोरम का कर्यकर्ता द्वारा एकपक्षिय रुपमा तथा अत्यन्त पाश्वीक ढङ्गले २९ माओबादीको नरसंहार गरेको बताइ रहेको बेला मधेसी जनअधिकार फोरम ले भने माओबादीले सो घटना घटाएको बताएको छ। आज मधेसी जनअधिकार फोरम को अध्यक्ष उपेन्द्र यादब ले एक बिज्ञप्ति प्रकशीत गर्दै सो घटना माओबादीको योजना अनुसार भएको बताएका छन। बिज्ञप्तीमा फोरमले घटना को जिम्मेवारी प्रचण्ड तथा गृहमन्त्री कृष्ण सिटौला ले लिनुपर्ने तथा संयुक्त राष्ट्र संघ सम्मिलीत उच्चस्तरीय आयोग बनाएर घटनाको छनबिन गर्न समेत माग गरेको छ। फोरमद्वारा जारी विज्ञप्तिमा अगाडी भनिएको छ- ‘फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेताको हत्या गर्ने उद्देश्यले प्रेरित भई दाङ, चितवन, मकवानपुर, बुटवल, रामेछापलगायत जिल्लाबाट एकत्रित सशस्त्र माओवादी छापामारले शान्तिपूर्ण आमसभा माथि आक्रमण गर्दा मधेसी जनतासँग भएको भिडन्तमा दर्जनौँको दुःखद मृत्यु हुनपुग्यो।’उक्त रक्तपात पुर्ण घटना घटाएपछि फोरम का नेताहरु भने हाल लुकेर बसेका छन।

उता फोरम द्वार बिहीवार गर्ने भनीएको सिंहदरवार घेराउ को कार्यक्रम भने फिर्ता लीएको बताएको छ।

Advertisements