नेपाल डायरी @ 8:00

रायामाझि आयोगको सिफारिस को आधारमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्व प्रधानसेनापती प्यारजङ थापा लाइ भ्रष्टचार को आरोप मा बयान दिन पत्र काटेको छ। अख्तियार ले थापालाइ शाहि शसनकाल का बेला २ करोड भ्रष्टचार गरेको आरोपमा बयान दिन बोलाएको हो। आयोग ले पत्रमा थापा लाइ बाटाको म्याद बाहेक ७ दीन भित्र बयानको लागि उपस्थित हुन भनेको छ। जनाअन्दोलन २ को सफलता पश्चात बनेको सरकारले जनआन्दोलन दबाउन भुमिका खेलेका दोषिहरुलाइ कारवाहिको सिफारिष गर्न बनाएको रायामाझि अयोग ले आन्दोलन दबाउन खर्च गर्न तत्कलिन सेनापति थापा ले एकै दिन मा १२५ वटा चेक काटेको तथा २ करोड खर्च गरेको ले करवाही सिफरीस गरेको जनाइएको थियो। यध्यपि सरकारले सो प्रतिबेदन सर्वजनीक गरेको छैन।

रायमाझि आयोग ले आन्दोलन दबाउन राज्य प्रमुख को हैतीयस ले ज्ञानेन्द्र सहित तत्कलीन मन्त्रीहरु तथा सेना, प्रहरी, निजामति कर्मचारी सहीत २०० भन्दा बढि लाइ करवाही गर्न सिफारीस गरेपनी सरकार ले हाल सम्म कसैलाइ पनी कारवाहि गरेको छैन। आयोगले प्रतिबेदन बुझाएको केहि समयपछि सरकारले उप प्रम के.पी. ओलिको संयोजक्तमा प्रतीवेदन कार्यान्वयन सिफारीस गर्न भनी अर्को आयोग गठन गरी एउटा नाटक मन्चन गरेको थियो। सो ओलि आयोग ले जनआन्दोलका दोषिहरुलाइ कारवाहि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउनु पर्ने सीफारिस गरी सबै लाइ हसाँएको थियो। त्यहि सीफारिस अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा लाइ बयानका लागि बोलाएको हो। बयान त रायामाझि आयोग ले पनी लिएकै हो थापा सङ फेरी यो के को नाटक गर्‍या हो?

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायामाझि आयोगको सिफरीसकै आधारमा तत्कालीन मन्त्रीहरु कमल थापा, टंक ढकाल, श्रीष समसेर राणा लगायत लाइ बयान को लागि बोलाइ सकेको छ। तर दोषिहरु उपर कुनै करवाही गरेको छैन। त्यसैले थापा उपर पनी करवाहि होला भन्ने अलिकती पनी बिश्वस छैन। मात्र अर्को एउटा नाटक मन्चन भएको छ। फेरि पनी हमी नेपाली हरुको आँखामा छारो हाल्ने काम भएको छ। कि कसो?