नेपाल डायरी @ 8:30

मधेशि जनअधिकार फोरम को समर्थन गर्दै भारतिय नागरीक हरुको एक समुहले नेपाल भारत सीमा मा नाकाबन्धि गरेको समचर प्राप्त भएको छ। बिराटनगर सङ सिमा जोडिएको जोगबनी नाकमा भारतिय नागरीक हरुको सिमा जागरण मन्चले हिजो नेपाल भारत बिचका सम्पुर्ण आयत निर्यात ठप्प पारी नाकाबन्धि गरेको थियो। उनीहरु ले फोरमका सबै किसिमका आन्दोलन प्रती ऐक्यबद्ध्यता जनाउँदै नेपाल सरकार माथि फोरम लाइ प्रतिबन्ध नलगाउन दबाब दिए रे। उक्त कार्यक्रममा त्यस संगठनका नेता हरुले,उनीहरुले यसअघि देखि नै फोरम लाइ सहयोग गर्दै आएको र भबिष्यमा समेत सहयोग गर्ने बतएका थिए। फोरम का यसअघिका हरेक घटनामा अफुहरुले सहयोग गरेको बताएपछि गौर घटनामा समेत भारतीय हरुको संलग्नताको पुष्टि गर्दैन र?

त्यसै गरी गौर घटनाको योजना कसरी बनेको थियो भन्ने बिषयमा हिजोको जनआस्था सप्ताहिक ले “कसरी बन्यो गौर नरसंहारको योजना” शीर्षक मा एउटा समचार प्रकाशीत गर्दै उक्त हत्याकाण्डमा भारतीय जनता पार्टीका पुर्व बिधायक अनन्द मोहनको समेत संलग्नता रहेको जनाएको छ। त्यसै गरी उक्त लेखमा फोरमले गौर नरसंहारमा प्रयोग भएका हतीयार समेत अनन्द मोहनले नै फोरम लाइ उपलब्ध गराएको जनाएको छ। जनआस्थाको पुरा लेख पढन यहाँ क्लिक गर्नुहोस

त्यसै गरी गौर घटनाको बारेमा पत्रकारहरुको एक समुहले स्थलगत अध्यान गरी भारतीय हरुको संलग्नता रहेको नयाँ तथ्यहरु फेला परेको जनाएका छन। सो अध्यानका क्रममा फेला परेका नयाँ तथ्यहरु पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने समेत पत्रकार हरुले जनाएका छन। उक्त पत्रकारहरुको समुहमा संलग्न राजधानी दैनीकका पत्रकार तथा सहकर्मी ब्लग हाम्रो ब्लग का ब्लगर के.पी. ढुङ्गाना को अनुभव पढन याहाँ क्लिक गर्नुहोस।

Advertisements