नेपाल डायरी @8:30

हिजो बेलुका बलुवाटार मा बैठक सकी बहिर निस्केर नेताहरुले मन्त्रालय भगबण्डामा कुरा मिलेको बताए पछि धेरैलाइ लगेको थियो ४ महिना देखि को जुङ्गा को लंडाइ सकिएको छ। तर आज दिनभरी आठ पर्टीका नेता हरु आन्तरीम सरकार त गठन गर्नु कता हो कता लाजै लाग्ने गरी नौटङ्गी गर्नै ब्यस्त रहे। बिहानै ९ बजे नै आठपार्टीका शिर्ष नेताहरु बिच बैठक बसि मन्त्रीहरुको नाममा अन्तिम टुङो लगाइ ११ बजे बस्ने अन्तरिम संसदले घोसणा गर्ने बताइए पनी न त आठपार्टीको बैठकमा मन्त्रीहरुको टुङो लाग्यो न त अन्तरिम संसद को बैठक बस्न सक्यो।

आज उप-प्रधानमन्त्री अमिक शेरचन बिहान आठ पार्टीको बैठक मा जनु त कता हो कता सरकार गठनका बारेमा आठदल बिच कुनै निर्णय नभएको र निर्णय भनी विभिन्न सञ्चार माध्यमहरूमा आएको समचार झुट भएको अन्तर्वार्ता दिन ब्यस्त रगे।एक विज्ञप्ति जरी गर्दै जनमोर्चाले शुक्रबार आठ पर्टीको बैठक बोलाइए पनि बैठक नबसेको र अन्तरिम सरकार गठनको बारेमा कुनै सहमति नभएको जनायो।

उता एमालेका शिक्षा तथा खेलकुद मन्त्रीमा छानिएका भीम रावलले आफू परराष्ट्र मन्त्री बाहेक अन्यमा मन्त्री नबन्ने अडान राखेपछि स्थायी समितिको पुन बैठक बसी दोस्रो पटक निर्णय गर्नुपरेको थियो। रावलले छोडेपछि एमालेले कृषि मन्त्री को लागि सिफरीश गरीएका प्रदीप नेपाललाई शिक्षा मन्त्रीमा सार्‍यो भने राज्यमन्त्री बनाउन लागिएका छविलाल विश्वकर्मालाइ कृषि मन्त्री मा सिफरीष गर्यो।

बेलुका ४ बजे अमीक शेरचन बलुवाटार पुगे त्यस पछी ५ बजे बैठक त बस्यो तर काग्रेस र एमाले बिच रोलक्रममा बिबाद गर्दै अर्को ठुलो नाटक रचेपछि कुनै निर्णय नै नगरी फेरी स्थगित भयो। आज बिहान बसेको एमाले स्थाइ समितीको बैठकले सहाना प्रधान को नेतृत्व मा सरकार मा जने निर्णय गरेको थियो तर काग्रेसले ५ बजे को बैठक मा बिहान सम्म नामनै नसुनिएका रामचन्द्र पौडेल लाइ अघि सारेपछि बरिष्ठ क्रम मा को रहने भन्ने बढ्यो र ५ बजे शुरु भएको ८ दलको बैठक पुन भोलि बिहान ८ बजे सम्मको लागि स्थगीत भयो । एमाले ले साहाना प्रधान लाइ प्रधान मन्त्री पछि बरिष्ठ मन्त्री बनाउनु पर्ने र काग्रेशले रामचन्द्र पौडेल लाइ दोश्रो रोलक्रममा रख्नु पर्ने अडान राखे पछि आज पनी अन्तरीम सरकार बन्न सकेन । एमाले ले भने प्रधान को नाम अस्विकार गरीए सरकार मा नजाने धम्कि दिएको छ।

भोलि बेलुका प्रधानमन्त्री कोइराला सार्क सम्मेलन मा भाग लिन भारत जाने कर्यक्रम रहेको ले भोलि पनि सरकार गठन हुने कुरामा मलाइ त शंकै लागेको छ।