अपडेट, नेपाल डायरी @ 6:10

एमाले र काग्रेश बिच प्रधानमन्त्री पछि बरिष्ठ क्रम मा को रहने भन्ने बिबाद बढेपछि ५ बजे शुरु भएको ८ दलको बैठक पुन भोलि बिहान ८ बजे सम्मको लागि स्थगीत भएको छ। एमाले ले साहाना प्रधान लाइ प्रधान मन्त्री पछि बरिष्ठ मन्त्री बनाउनु पर्ने र काग्रेशले रामचन्द्र पौडेल लाइ दोश्रो रोलक्रममा रख्नु पर्ने अडान राखे पछि आज पनी अन्तरीम सरकार नबन्ने भएको छ।
अपडेट
एमाले ले शिक्षा मन्त्री मा शिफारीस गरेका भिम रावल ले उक्त मन्त्रालय सम्हाल्न अस्विकार गरेपछि एमाले ले शिक्षा मन्त्री मा मोहन सिंह राठौर लाइ सिफारीश गरेको छ। अहिले ५ बजे आठ दलका शिर्ष नेता हरुको बैठक बलुवटारमा शुरु भएको छ।

अपडेट

आज बिहान १० बजे आठ दलका शिर्ष नेता हरु बिच मन्त्रीहरुको अन्तीम नामावली तयार पार्न बलुवाटार मा बैठक बस्ने भनिए पनी जनमोर्चाले मन्त्रीमण्डल भगबण्डमा आफ्नो असहमती जनाएपछि बैठक २ बजे सम्मका लागि स्थगीत भएको मा हाल सम्म पनि बस्न सकेको छैन।जनमोर्चा नेपाल ले हिजो भएको भगबन्डा आफुहरुको सहमती बेगर भएको बताउँदै भागबण्डा प्रती असहमती जनाएपछि आठ दलको बैठक बस्न नसकेको हो।बिहान ११ बजे बस्ने भनीएको संसदको बैठक पनि मन्त्रीमनण्डल लो अन्तिम नमवलि तयार नभएको ले अहिले सम्म शुरु भएको छैन। उता एमाले ले परराष्ट्र मन्त्रीको लागि सिफरिश गरेको साहाना प्रधान को नाम मा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले असहमती जनाउनु भएको खवर आएको छ। एमाले ले प्रधानमन्त्री पछि बरीष्ठ क्रममा प्रधानको नाम सिफरीश गरेको मा प्रधानमन्त्री ले आफु पछि काग्रेस कै मन्त्री राख्न चाहेपछि बिबाद बढेको हो। एमाले ले भने प्रधान को नाम अस्विकार गरीए सरकार मा नजाने धम्कि दिएको छ।

नेपाल डायरी @ 11:00

माओबादी सहितको आठ दल सम्मिलित अन्तरीम सरकार निर्माण गर्ने सहमति भएको ४ महिना पछि अन्तन:आज शनिवार अन्तरीम सरकार बन्ने भएको छ। बिगत केहि महिना देखि अन्तरिम सरकार गठन गर्ने कुरालाइ लिएर नेपालि राजनितिमा भैरहेको “जुंगा को लडाइ ” हिजो बसेको आठ दलका शिर्ष नेता हरु बिचमा मन्त्री पदको “भागवण्डा” मिलेपछि अन्तरीम सरकार बन्नेभएको हो। आज ११ बजे बोलाइएको अन्तरीम संसद को बैठकमा प्रधान मन्त्री गिरिजा प्रसाद कोइराला ले राजिनामा दिएपछि अन्तरीम संसदले पुन:उनलाइ प्रधानमन्त्री मा सर्वसम्मत प्रस्ताब गरेपछि प्रधान मन्त्री गिरिजा प्रसाद कोइराला ले २६ सदस्य अन्तरीम सरकार घोसणा गर्नुहुने छ र आजनै मन्त्रीमण्डलका सदस्यहरुले शपथ गर्ने बताइएको छ।

कसरी मिल्यो त भागबण्डा?

हिजोको सहमति पछि अब बन्ने अन्तरीम सरकारमा ठुला पर्टीहरु नेपाली काङ्रेस,एमाले र माओबादि को भगमा ५।५ वटा नेपालि काँग्रेस(प्रजतन्त्रीक)को भगमा ३ वटा र अन्य साना दललाइ १।१ वटा मन्त्रालय परेको छ। नेमकिपा ले भने सरकारमा नजने निर्णय गरेको छ।

कसलाइ कुन मन्त्रालय?
नेपालि काँग्रेस
प्रधानमन्त्री-गिरिजा प्रसाद कोइराला
रक्षा
गृह
अर्थ र
शान्ति तथा पुनर्निर्माण
बिज्ञान तथा प्रबिधि मन्त्रालय

एमाले
साहना प्रधान- परराष्ट्र
प्रदीप नेपाल- कृषि
भिम रावल- शिक्षा
पृथ्वी सुब्वा- पर्यटन तथा नागरीक उड्डयान
छवी लाल बिश्वकर्मा- शिक्षा राज्यमन्त्री।
सामान्य प्रशासन-रमचन्द्र यादव

माअ‍ोवादी
सूचना तथा सञ्चार-कृष्ण बहादुर महरा
स्थानीय विकास-देव गुरुङ
आवास भौतिक योजना तथा निर्माण-हिसिला यामी
वन तथा भूसंरक्षण-मातृका यादव
महिला, बालबालिका तथा समाज कल्याण-खड्गबहादुर विश्वकर्मा

नेपालि काँग्रेस (प्रजातान्त्रिक)
श्रम तथा यातायात व्यवस्था -रमेश लेखक
जलस्रोत
कानुन, न्याय तथा संसदीय व्यवस्था

नेपाल सदभवन पार्टी(आनन्दीदेवी)
उद्योग वाणिज्य तथा आपूर्ति-राजेन्द्र महतो

संयुक्त वाममोर्चा
भूमि सुधार-जगत बहादुर बोगटी

संयुक्त जनमोर्चा
स्वास्थ्य