नेपाल डायरी @ 8:00

लामो समय सम्मको आपसि बिबाद र पदको लागि तानातान पछि आज माअ‍ोवादीसहित आठ दलको अन्तरिम सरकार बनेको छ। आठ दलको सरकार भनीए पनी नेमकीपा र जनमोर्चा को भने यस मन्त्रीमण्डल मा सहभगीता छैन। नेमकिपा ले यस अघि नै सरकारमा समाबेश नहुने बताइसकेको छ भने जनमोर्चा भने पदमा भगबण्डा नमिले पछि सरकारमा समाबेस नभएको हो। आज बसेको अन्तरीम संसदले गिरीजा प्रसाद कोइराला लाइ पुन प्रधनमन्त्री मा सर्बसम्मत नियुक्त गरेपछि प्रधानमन्त्री कोइराला ले माओवादीसहितको २२ सदस्यीय अन्तरिम सरकार को घोषणा गर्नु भएको हो।

प्रधानमन्त्री र अन्य मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ खानु भएको छ। प्रधानमन्त्री बने लगत्तै अन्तरिम संसदको बैठकमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालले शपथ ग्रहण गर्नुभयो। त्यसपछि अन्य मन्त्रीहरुलाइ उहाँले सिहंदरवारमा शपथ ग्रहण गराउनु भयो।


त्यसै गरी आजै बसेको आठ पार्टी को बैठक ले आगामी असार ६ गते संबिधान सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।