आफ्नै कुरा-समाचारको रन्को


नेपाल डायरी डट कम @ ११:१५

करीब एक हप्ता बाहीर जानु परेको ले नियमित रुपमा ब्लग लेख्न सकीन । जान त खासै टाढा गएको होइन म, नेपाल र चिन को सिमाना “झाङमु” सम्म मात्र गएको १।२ दिनको लागि तर गर्दै भन्दै जादाँ एक हप्ता पुरै गयो।
पहिले पनि भनेको थिएँ म कुनै पत्रकार होइन ,एउटा सधारण ब्यापार ब्याबसाय गर्ने ब्यक्ति हु भनेर ।(बैंक मारा र देशमारा ढकाल र चौधरी जस्तो चै होइन है)

मेरो अलिकति”च्याला” ल्याउनु पर्ने थियो, ५०”थोप” जति। त्यै भएर म चाइनाको “डेङ्गा” सम्म गएको थिए । समान त धेरै थिएन तर चाइनाको काइदा कानुन लम्बेतान भएको र भाषाको समस्याले गर्दा धेरै दिन लाग्यो । गएको २ दिन सम्म त नेपाल तिरै बसियो लिपिङ बजार मा अचम्मको ठाउ हो लिपिङ । एक प्रकारले भन्नेहो भने तस्करको राजधानी भने पनि हुन्छ । चन्दन तस्कर , मुर्ती तस्कर, मान्छे तस्कर सबै भेटिन्छन । (यस सम्बन्धि बृस्तित समाचार मा अर्को ब्लग मा लेख्नेछु ।)

भोटेकोशी पावर हाउस छेउमानै भए पनि बिजुली दिनभरीमा मुस्कील ले २ घण्टा आउने, त्यो पनि १५,१५ मिनेटका दरले पत्रपत्रीका को त कुरै छोडौ, टि भि मा न्युज समेत सुन्न नपाइन। अजबको जेल जस्तो ठाउ । हुन पनि तस्करी र “पारी का माल इधर वारीका माल उधर” गर्दै कसैलाइ फुर्सद छैन । कस्ले पढ्ने पत्रिका? न्युज कस्ले सुन्ने?

एउटा साइबर पनि रहेछ तर नेट खोल्यो लाइन झ्याप्प, केहि हेर्न पाइएन । १ दिन भरी कोसिस गरे केहि न्युज सुन्न/पढ्न पाइन्छ कि भनेर तर अह …… सकीएन । दिक्दार लाग्यो, सिमापारी पनि एउटा साइबर छ भन्यो साथिले । हो रहेछ तर सबै चाइनीज भाषा खुल्ने, UWB खुलेको थियो तर बिचको कन्टेन्ट चै केहि आएन। नेपाल डायरी खोले हेडिङ मात्र खुल्यो , माइ संसार खोले त्यो पनि टाउको र पुच्छर मात्र। बिचको पेज खाली । हुनत “ठेङ्गा” पारी धेरै साइबर छन तर त्यहा जान पाइदैन । कि त सिन्धुपाल्चोक , काभ्रे वा रसुवा तिरको हुनु पर्ने कि त ठुलै तस्कर हुनु पर्ने । आफु दुबै परिएन । अब तपाइलाइ लाग्ला चिन त कम्युनिष्ट राष्ट्र भष्ट्राचार त तस्करी हुदैन होला भनेर , त्यसो हो भने तपाइ गलत हुनु हुन्छ ।नेपाल् भन्दा कयौ गुणा बढि तस्करी र भष्ट्राचार चाइना मा हुदो रहेछ । (यस सम्बन्धि समाचार अर्को ब्लग मा )
कसै गरे पनि समाचार त सुन्नै पाइएन बा ! काठमाण्डौ मा हुदा २४ सै घण्टा नेटमा बस्ने/घण्टा-आधा घण्टामा समाचार सुन्ने बानी। यो त अति नै भो ।

गएको पर्सी पल्ट

म बसेको होटल कैलास मा टि भि थियो । आज चै समाचार सुन्नु पर्यो भनी आठ बजे कुरेर बसे, समाचार आउनै लाग्यो “कति प्याट्ट पुट्ट गरेको ” भन्दै थिइन निरुता । लाइन झ्याप गयो ।लाइन आउदा समाचार सकीएर “स्टार प्लस” मा सास बहुको काहानी सुरु भएछ । अब च्यानल बदल्ने कस्को हिम्मत?

अर्को दिन बिहान ८ बजे होटल बाहिर निस्के । पत्र पत्रिका त पाइने कुरै भएन । रेडियो बोकेर बजारको वल्लो छेउ देखि पल्लो छेउ सम्म दौडे । अह स्या स्या र सुइ सुइ भन्दा अर्को समाचार भन्दै भनेन रेडियो ले ।

दिन भरी आफ्नो काममा लागेको ले समाचार/ बिचार केहि सुन्न पाएएन । बेलुकी त सुन्न पाइएला भन्ने झिनो आस थियो । ८/१० जना ठिटा भेला भएर टि भि अगाडी बसेर क्रिकेट को गफ दिदै थिए, त्यो पनि क्रिकेट वर्ल्ड कप भारतले जित्यो भनेर। मैले प्रतिबाद गर्न खोजे, अस्ति पहिलो चरण बाटै आउट भएको भारत ले कसरी वर्ल्ड कप जित्छ भनेर । जबाफ यस्तो आयो -भारतको गौबुली हो की पेन्दुलकार ले छक्का हानेर ल्यायो र भारतले अमेरीका हो की अर्जेन्टीना लाइ हराएर वर्ल्ड कप जित्यो । भरखर काठमाण्डौ आएका ट्याक्सी का गुरुजी सोनामले भनेको । हो मा हो सुरु भयो । सबैले पत्याए र मेरो उडाउनु खिल्ली उडाए । अब म के गरु? भाडमा गयो समाचार ।

बिचमा २ दिन जति चाइनाको रमिते भन्ने ठाउमा बस्नुपरेको ले नेपालको त के चाइनाकै खबर चाल पाइएन ।

सनिबार नेपाल फर्के, त्यै लीपिङ् बजार । आज चै समाचार सुन्न पाइने भो जस्तो लागेको थियो , लाइन पनि गएको थिएन । कान्तिपुरमा समाचार सुरु भै सकेको रहेछ रामचन्द्र पौडेल सङ्ग इन्टरभ्यु लिदै थियो कान्तिपुरले म होटल मा पुग्दा । होटलमा हल्ला खल्ला ठुलै थियो । नाके आवाजको पौडेल को आबाज क्लीयर सुनिएको थीएन । म साउन्ड बढाउन रिमोट खोज्दै थिए । यो होटल कैलास मा आज भने एकजना प्रहरी का डि एस पी हो की एस पी बसेका रहेछ्न । तिनैका साखा सन्तान र सेनामेना हल्ला खल्ला गर्दै रहेछन । ति डी एस पी हुन की एस पी आफु भने ५० बर्स जतिका देखिन्थे। साथमा उन्की श्रीमती(?) १७ बर्ष की हात्ति जस्ति , छोरो चाइ १२ बर्स जतिको थसुल्ले। अ म साउण्ड बढाउने सुरमा थिए। त्यहि माथि त्यो पुलिशको पुत्र ले ब्बोकाको जस्तो स्वरमा लेग्रो तान्यो –Its a time to Disco हे भगवान ! अब के थियो त्यो पुलिश ( पद चै मलाइ त्यति क्लीयर भएन , चासो पनि राखिन ) उसका २,४ जना सेना मेना/ होटल वाला दाइ सबैलाइ डिस्को लाग्यो । चर्को चर्को स्वर सुरु भयो । १० मिनेट जति पर्खे तै केहि समाचार सुन्न पाइन्छ की भनेर । बिचैमा त्यो हात्ति जस्ती डिस्को मदर ले टि भि मारी । अर्काको घरको टि भि, खोल्न पनि मिलेन, त्यस माथि सबै डिस्को मा मस्त छन, म मात्र के समाचार सुन्ने? उठेर कोठामा गए , मन किन मान्थ्यो । मलाइ आफै देखि खुब झोक चल्यो। भुत्राको समाचार सुन्नु पर्ने तलाइ मात्र । भोलि काठमाण्डौ गएर सुन्ने समाचार ।

सुते, पटक्क निन्द्रा लागेन । रेडियो खोले चाइनीज बोल्यो ९६.१ मा । पुन उठेर टि भि भएको ठाउमा गए । आठ सुरु भएको डिस्को त सकीएछ् । तर डि एस पी( जे सुकै होस , एस पि नै भए पनि मलाइ के मतलब ! डी एस पी लौ जा !! यत्रै सित्ति) ले चढाएको “ट्वाक” चै बौलाएछ । ए … का छोरा (पुलिस को बोलि कहा सुनीसक्नु हुन्छ र? त्यै पनि जडयाहा पुलीस) रक्सी थप , के के भनेर एउटा जवान लाइ थर्काउदै थियो । बिचरो जबान , छेउमा बसेर घुटु घुटु थुक निल्दै रक्सि थप्दै थियो । के सनक चडेछ त्यो पुलिश् लाइ । टि भि खोल समाचार आउने बेला भो । कान्तिपुर लगा कान्तिपुर – ठाडो आदेश दियो जवान लाइ , (कठै नेपाल को प्रसाशन!!) जवान ले समाचार लगायो । कमल कुमार समाचार भन्दै रहेछन । हाति ले गणेस थापा लाइ देखाउदै भनी– नेपाली कोचार , नेपाली कोचार !! (सायद कोच भनेको हुनु पर्छ। त्यो पनि गणेस थापा??) दरिद्रता ।। त्यै पनि मुख्य समाचार सुन्न पाइन्छ की भनेको ,रिमोट कस्को हातमा थियो कुन्नी? पिलीक्क गरेको नेसनल जोग्राफी आयो । मलाइ भने भाउन्नै भएर आयो । होटल बाट बाहिर निस्के, एक छिन रमिता हेरे । रमिता पनि के हेर्ने , अनकण्टार पाखो पखेरो ।।पल्लो होटल बाट कान्तिपुरको “अर्को समाचार १० बजे अङ्रेजीमा………. भनेको सम्म सुन्न पाइयो ।

९. १५ तिर होटल भित्र छिरे। पुलिस का सेना मेना हल्ला खल्ला गर्दै हसुर्दै रहेछन् । होटल वाला दाइले भन्नु भयो — भाइ नाया सरकोर बनेछ नी। उत्सुकता पुर्बक सोधे — को को मन्त्री भएछन्?
अ परधन मौबादीको , ग्रीह चै यामालेको (दाइको नेपाली टङ यस्तै थियो ।)खै के के भन्दै थियो ।

सोचे उप प्रधान मन्त्री होला माओबादीको । काठमाण्डौ छोड्ने बेला महरालाइ उप प्र म बनाउनु पर्ने माओबादीको अडान थियो । अनि एमाले लाइ चै चिठ्ठा परेछ। अर्थ माग्या थ्यो क्यारे गृह पाइछ ।


(यस ब्लग मा उल्लेखित केहि सब्द स्थानिय चाइनिज भाषाका हुन , जस्को अर्थ यस्तो हुन्छ । )

झाङमु= खासा बजार
च्याला=सामान
थप= भारी/कार्टन
ठेङ्गा= भन्सार

[पुन २,४ दिन पछि मैले पुन खासा जानु पर्ने छ । अब नेपालको समाचार थाहा पाउन के गर्ने हो , त्यो चिन्ता ले भने मलाइ छोडेको छैन । हप्ता दिन सम्म कुनै समाचार सुन्न हेर्न नपाउदाको क्षण साच्चै कस्टकर हुदोरहेछ । हुनत यस अगि पनि म खासा नगएको होइन । धेरै पटक गएको छु तर समाचारको अभाब भने यसरी कहिल्यै खड्किएको थिएन । सायद ब्लग लेख्न सुरुगरेर पो हो कि?]

Advertisements

2 thoughts on “आफ्नै कुरा-समाचारको रन्को

  1. thank sir your leपुन २,४ दिन पछि मैले पुन खासा जानु पर्ने छ । अब नेपालको समाचार थाहा पाउन के गर्ने हो , त्यो चिन्ता ले भने मलाइ छोडेको छैन । हप्ता दिन सम्म कुनै समाचार सुन्न हेर्न नपाउदाको क्षण साच्चै कस्टकर हुदोरहेछ । हुनत यस अगि पनि म खासा नगएको होइन । धेरै पटक गएको छु तर समाचारको अभाब भने यसरी कहिल्यै खड्किएको थिएन । सायद ब्लग लेख्न सुरुगरेर पो हो कि?sson for thatok by

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w