संबिधानसभा अगाबै राजा को बिषयमा निर्णय हुने -कोइराला


नेपाल डायरी डट कम @10.00

प्रधानमन्त्री श्री गिरीजा प्रसाद कोइराला ले आज भारतको नया दिल्लीमा आयोजित पत्रकार सम्मेलन मा बोल्दै “संबिधान सभाको निर्बाचन अगाबै निर्णय राजतन्त्रको बिसयमा फैसला गरीने ” आफु र दल हरु बिच एक प्रकारले सहमति भइसकेक खुलासा गरेका छन । आज बिहान नया दिल्ली मा आयोजित पत्रकार सम्मेलन मा कोइराला ले राजसस्था ले संबिधान सभाको निर्बाचन हुन नदिन ब्यबधान खडा गरे अन्तरिम संसद बाटै राजा हटाइने सहमति भएको पनि बताएका छन । आफु नेपाल फर्के लगत्तै तराइको समस्या समाधान गर्ने समेत कोइरालाको दाबि छ

राजाको बिषयमा हत्तपत्त कटु टिप्पणी नगर्ने प्र म कोइराला ले करिब १ महिना अगाडी नै राजा र युबराजलाइ गद्दी छोड्ने “आसान” सल्लाह दिए पछि आम मानिश र राजनैतिक कार्यकर्ता लगायत अन्तराष्ट्रीय जगत ले मात्र होइन, स्वयम राजाले समेत आफ्नो २३८ बर्षको आफ्नो राज धराप मा परेको महसुस गरेकै हुनु पर्छ । त्यतिबेला नै कोइरालाले राजा र युवराजले स्वच्छाले राजगद्दी छोडे नया बाताबरण बन्न सक्ने भन्दै घुमाउरो तरीकाले नेपालमा राजतन्त्रको भबिष्य समाप्त भएको घोषणा गरेका थिए । पुन एक पटक कोइरालाले सम्बिधान सभाको चुनाव अगावै राजतन्त्रको बिषयमा स्पष्ट निर्णय गरीने बताएर नेपालि काङ्रेस ले लामो समय देखि राजतन्त्रको बिषयमा साध्धै आएको मौनताको ice break गरेका छन।सम्बिधान सभाको निर्वाचनको निम्ती मसला चाहिएको र निर्वाचनको माहोल खडा गर्न र सबै को ध्यान आकर्षण गर्न का लागी राजतन्त्रको बिषयलाइ आफुले मसलाको रुपमा राखेको ठट्यौलो तर अर्थपुर्ण जवाफ दिएर कोइरालाले पत्रकारहरु लाइ चकीत मात्र पारेनन आम गणत्रन्त्रबादी र नेपलि राजनीतिमा नयाँ तरङ्ग ल्याइ दिएका छन। राजाले संबिधान सभाको निर्वाचन सजिलै हुन देलान? भन्ने पत्रकर हरुको प्रश्न मा कोइरालाले उल्टै प्रति प्रश्न गर्दै ज्ञानेन्द्र कि राजा ज्ञानेन्द्र?,के भन्नु भो स्पष्ट हुन आग्रह गर्दै कोइरालाले अझ एक कदम अगाडी बढेर “अफुले राजा लाइ माइनस गरेर ज्ञानेन्द्र मात्र भन्न चाहेको बताउदा पत्रकार दिर्घामा भने निकै लामो हासोँ छाएको थियो।

राजतन्त्रको सो फैसला के हुने भन्ने बिसयमा त कोइरालाले केहि स्पष्ट पारेनन तर कोइरालाको अभिब्यक्ति बाट पचासि बर्षे यी बुढाको काध अब राजतन्त्र होइन , राजतन्त्रको “अर्थि” मात्र बोक्न सक्छ भन्ने आभास पाउन सकीन्थ्यो । आफ्नो ६० बर्से राजनिति लाइ नै दाउमा राखेर नेपालमा शान्ति स्थापना र लोकतन्तार्को लागि जुवा खेलेको अभिब्यक्ति दिने कोइराला ले पुन राजालाइ काध हालेर अर्को जुवा खेल्लान वा आफ्नो खुट्टामा आफै बन्चरो हान्ने दुस्साहस गर्लान यो चाही समयले नै बताउला । हुनत कुनै पनि बिबादास्पद बिषयमा हत्त्पत्त कुनै टिप्पणी नगर्ने र सुझुबुझ पुर्ण निर्णय गर्ने कोइराला का अभिब्यक्ती कहिले काहि बिबाद्न मा पनि नपर्ने होइनन ।कुनै बेला “राजालाइ पनि स्पेश दिनु पर्ने” बिबादास्पद अभिब्यक्ती दिएका कोइराला राजाको फागुन ७ को “माहाबाणी” पछि पक्कै पनि रालाले पुन मौका खोजेरहेका र कुनै पनि बेला टाउको उठाउन सक्ने कुरामा सचेत भएका हुनु पर्छ । अर्को तिर माओबादी मात्र होइन , नेपालको संसद कब्जा गर्न सफल बामपन्थि हरुको राजा हटाउनु पर्ने तिब्र दबाब पनि कोइराला लाइ परेको हुनु पर्छ । नेपालि काङ्रेश भित्र पनि अधिकांस युवा नेता तथा कार्यकर्ता गणतन्त्र को पक्षमा रहेको र पार्टी लाइ गणतन्त्रमा लान कोइराला लाइ दबाब दिएरहेको अबस्थामा कोइराला ले एक्लै राजालाइ काधमा बोकेर हिड्ने दुस्साहस गरे भने यो कोइराला का लागी मात्र होइन , सिंगो देश का लागी समेत दुर्भाग्य र अभिसाप बान्न सक्छ ।

Advertisements

2 thoughts on “संबिधानसभा अगाबै राजा को बिषयमा निर्णय हुने -कोइराला

  1. नेपाली राजनीतिका भिष्म पितामह मानीएका कोइरालाको हिजो को राजा को ’boutको भनाइ ले नेपाली राजनिती मा दुरगामी असर त पार्ने नै छ । साथ साथै “गणतन्त्र” लाइ चुनाबी मसलाको रुपमा प्रयोग गर्न राखेको अभिब्यक्ती दिएर गणतन्त्रको कुरा गरर ठुलो ठुलो डिग हाक्ने नेपाल का (अर्ध) बामपन्थी हरुको चुनाबी नारा समेत कोइरालाले खोसीदिएका छन ।

    बास्तबमा चुनाब मा सबैको ध्यान आकर्सण गर्न कोइराला र काङ्रेश् को निम्ती एउटा नारा चाहिएको थियो । समय मा कोइरालाले त्यो पुरा गरेका छन । धन्य कोइराला ! एउटा गणतन्त्र बादी काङ्रेस को लागि यो भन्दा खुसी को खबर के हुन सक्छ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w