नेपाल डायरी डट कम @12:01

चैत्र २४ नेपालको इतिहासमा एउटा छुट्टै र बिषेस महत्व बोकेर आउछ । चाहे ०४६ सालको आन्दोलन होस वा ०६३ को दोस्रो जन आन्दोलन, चैत्र २४ ले देस मा ठुलो हलचल ल्याएको छ, परिबर्तन ल्याएको छ । तानाषाह हरुको मुटु थर्काउने दिन चैत्र २४ यस पटक भने केहि शान्त छ । हुनत चैत्र २४ का गर्जन हरु, आवाज हरु, चैत्र २४ का गगनभेदि नारा हरु अहिले पनि पुरा भएको छैनन । जनताका गणतन्त्रमा जाने आवाज हरु बिस्तारै मधुर हुदै गएको आभास हुन थालेका छन ।

kantipur.jpg

शाहि सत्तका ताबेदारहरु र कुख्यात मण्डले हरुको दाह्रा त चैत्र २४ को गर्जन संगै भाचिएको छन् तर समय घुर्कीदै जादा पुन नपलाएका वा नपलाउलान भनेर चुप लागेर बस्ने अबस्था अझै आएको भने छैन । पाडे/पजनी गरेर होस वा (राजदरबारले राजाप्रसाद का कर्माचारीको पाडे/पजनि गरेको समाचार आएको छ आज त्यो पनि सरकारको सल्लाह बेगर ) फागुन ७ मा “राजनितीक शिक्षा” दिएर होस अथवा पोखरामा सेना का प्युठ लाइ नेता र दल हरुलाइ गाली गर्न लगाएर होस , हिटलरका बंस हरुको चुरीफुरी कायमै छ ।

यता देसका जिम्मेवार नेता /मन्त्री हरु “गणतन्त्र /जनताको सासन/संबिधान सभा” को रट त नथाकी लगाइरहेका छन । तर यिनको बोली र ब्यबहार सुन्दा गणतन्त्र वा जनतन्त्रमा पुग्लान भन्दा पनि बाटैमा भारी फालेर पुन राजाको पाउमा दाम राख्न नजालान भन्न सकेनि अबस्था छैन ।

strike1.jpgstrike2.jpg
फोटो: फलानो डट कम

बन्दुक का कुन्दा र लाठि का चोट हरु मा अझै खाटा बस्न सकेको छैन । घाइते हरुको उचित उपचार हुन सकेको छैन । सहिदका परिवारको बिचल्ली कायमै छ । कलंकी र गोंगबु का नरसंहार कारी हरु अझै जेल जान सकेका छैनन । बरु सुकीला मुकीला भएर अरुभन्दा बढि कान्तिकारी भएका छ्न । चित्रमा दिखिएको चैत्र २४ को यो गर्जन सेलाएर नजावोस । जनताका आकंक्षा र आवाज निस्तेज पार्ने काम गरेर फेरी फेरी चैत्र २४ जागेर उठ्नु नपरोस । आजलाइ चैत्र २४ यति मात्रै ।

Advertisements