नेपाल डायरी डट कम @9:15

अस्ति देखि नै रातो चन्दन को तस्करीको बारेमा ब्लग लेख्न्ने भन्दा भन्दै ब्यस्तताको कारण लेख्न सकेको थिइन । आज बिहान कान्तिपुर हेरे पछि पो सम्झे । अस्ति खासा जादा देखेको तस्करी ।

तलको फोटो हेर्नुहोस

red-wood-in-china.jpg

खासामा रातो चन्दन लोड गरीएको ट्रक । चाइनामा रातो चन्दन पाइदैन । यो चन्दन भारत बाट नेपालको राजधानी काठमाण्डौ हुदै तिब्बत पुग्छ ।

नेपालको उत्तरी तातोपानी नाका तस्कर् को अखडा बन्दैछ । त्यहा बाट तिब्बतियन नागरीक मात्र तस्कर गरेर नेपाल ल्याउने होइन । दिनहु कम्तिमा ५ ट्रक (५० टन ) रातो चन्दन तस्कर गरेर चाइना लाने गरीन्छ । तराइबाट ल्याइएको सखुवा र भारतको कर्नाटक बाट ल्याइएको रातो चन्दन चिन तस्करी गर्न तातोपानीको करिब २५ वटा घरमा थुपारेर राखीएको छ ।(हे-तस्बिरमा देखिएको घर यस्ता करिब २५ घरमा चन्दन थुपारेर राखीएको छ । )


kidaree.jpg
कहा बाट आउछ् चन्दन ?

प्राप्त स्रोत का अनुसार भारतको कर्नाटक बाट नेपालका बिभिन्न नाका हुदै सबभन्दा पहिले चन्दन काठमान्डौ आउछ् । तर देसको नालायक सरकार र प्रहरी प्रसासन ठुलो नजराना लिएर चन्दन् बोकेका गाडी बिना चेक जाच काठमाण्डौ भित्रीन्छन् । यो तस्करी मा प्रहरि प्रसासन मात्र होइन , उच्च पदस्थ राजनितिज्ञ, दरबार र गृह मन्त्रालयको प्रत्यक्ष सम्बन्ध छ । एक ट्रक चन्दन भारत बाट कोदारी पुर्याउन करिब ३० लाख ढुवानी लाग्छ। काठमाडौ आएर भने चन्दन एकै पटक चिन जादैन । काठमाडौ को धुम्वाराही, कोटेष्वर र सातदोबाटो आसपासका गोदाम मा स्टोर गरेर राखिन्छ ।

हे – कोटिश्वरे को गोदाम मा राखिएको रातो चन्दन ।

khoshware.jpg

किन लाग्छ दुवानी रु तिस लाख?

प्राप्त स्रोत का अनुसार भारत बाट एक ट्रक चन्दन ल्याए बापत प्रहीरी मुख्यालय लाइ एक मुस्ट रु १२ लाख बुझाउनु पर्छ भन्रे प्रत्येक प्रहरी चौकी , प्रहरी बिट मा सत्तरी हजार देखि ५ लाख सम्म बुझाउनु पर्छ । त्यस पछि चन्दन बोकेका गाडी बाट पैसा असुल्न धुलीखेल कट्ने बित्तिकै प्रत्येक ५०० मिटरमा हतियार धारी स्थानीय युवा हरुको समुह बसेको हुन्छ। कोदारी भन्ने ठाउ (हे-तस्बिर)
kidaree.jpg

सम्म मा यस्ता समुह कम्तिमा ५० वटा भेटिन्छन्। प्रत्येक समुहलाइ कम्तिमा २० हजार तिरेर तस्कर हरु कोदारी सम्म चन्दन पुर्‍याउछन । कोदारी पुगे पछि तातोपानी र कोदारीको आसपासका घरहरुमा चन्दन गोदाम गरिन्छ ।


कसरी जान्छ् काठमाण्डौ बाट चन्दन ?

काठमाण्डौ मा पहिले ट्रक मा चन्दन राखिन्छ र माथिबाट चामल वा आलुका बोरा राखेर ट्रक भरेर चन्दन कोदारी पुर्‍याइन्छ । (बास्तब मा काठमाण्डौ मा आलु सिन्धुपाल्चोक बाटै आउछ्। तस्कर ले काठमाडौ बाट आलु किन सिन्धुपाल्चोक लान्छन् , के पुलिश् लाइ थाहा नहोला? त्यो पनि १,२ बोरा हो र ट्रक भरी/ एक पटक भने तस्कर ले नेपाल बाट चन्दन लोड भएको ट्रक मा नरिबल राखेर लगे । कोदारी पुगे पछि त्यो नरिबलका करिब २५ बोरा त्यै ढुवानी गर्ने ड्राइभर लाइ दीएछन् । अस्ति खासा गरेर आउदा उसले भन्दै थियो -कालीमाटी लगेर १६ हजारमा बेच्यो रे । )

कसरी पास हुन्छ चन्दन चाइना?

कोदारी पुर्याए पछि तस्कर ले प्रहरी प्रशासन को मीलेमतोमा कोदारि बाट बोकाएर चन्दन भोटेकोशि तार्छन् । एउटा लकडी तारेको ७५० रुपया लाग्छ । राति सात बजे पछि कोदारीमा सानो तिनो मेला नै लाग्छ। (तपाइलाइ एउटा जानकारी दिइहालौ- कोदारी जहा बाट तुइन लगाएर चन्दन पार गरीन्छ , बाट प्रहरी कार्यालय करिब ८०० मिटरको दुरीमा छ र प्रहरी कार्यालयको छत बात तुइन राखेको देख्न सकिन्छ , ) एक ट्रक चन्दन बोक्न करीब ३० जना लाग्छ । साझ सात बजे पछि तस्करले समान कोदारी झारेपछि करिब २०० जना स्थानिय गुण्डा गाडी मा ओसार्छन् । र एक ट्रक चन्दन बोक्न करीब ३० जना लाग्छ । साझ सात बजे पछि तस्करले समान कोदारी झारेपछि करिब २०० जना स्थानिय गुण्डा गाडी मा ओसार्छन् । र बाटोको दुबै तर्फ १००,१०० जनाको दरले हातहतियार सहित बाटो छेकेर बसेपछि सुरु हुन्छ चन्दन तार्ने काम यो बेला कसैलाइ पनि उक्त बाटोमा हिड्न दिइदैन ।

pic-copy.jpg
(मैले उक्त दृस्य खिच्न कोसिस गरेको थिए । तर फोटो खिच्न त के बाटो हिड्न पनि नपाए पछि मेरो त्यो प्रयास असफल भयो ।
)राति तुइन बाट भोटेकोसी तारे पछि चाइना तिर बाट माथि बाटो सम्म पुर्‍याउने काम भने भोलि बिहान ८ बजे सम्म जारी रहन्छ । त्यति बेला सम्म तुइन खोलीएको हुदैन किन भने त्यै तुइन बाट फेरी साना तस्कर ले चाइनीज सामान नेपाल तार्छन् । बल्ल आठ बजे तिर त्यो तुइन खोलीनछ र यो घरमा थन्काइन्छ ।

pic-2.jpg

spot-3.jpg

pic.jpg

यही ठाउ हो , जहाँ तुइन राखेर चन्दन तारीन्छ ।

को को सम्लग्न छन चन्दन तस्करी मा?

चन्दन तस्करी का स्थानिय ठेकेदारको नाम हो बिश्णु खत्री (जसको नाम मा प्रहरी वारेन्ट पनि जारी छ क्यारे । तर यिनि प्राय जसो ससस्त्र प्रहरी का डी एस् पी को कोठामा भेटिन्छ्न अर्का उनका सहयोगी हुन माने भन्ने ड्राइभर – जो ५ बर्श अगाडी सम्म ट्रक को ड्राइभर थिए । हाल आएर गुन्डा परिचालन गर्ने र हतियार दिने काम यिनै मानेले गर्छन। स्रोत का अनुसार माने युबराजधिराज पारसका साथि हुन र यिनलाइ पारश मार्फत उपलब्ध भएका करिब २०० पेस्तोल नै उक्त तस्करी मा प्रयोग भएको छ । एक पटक माने लाइ प्रहरी ले पकेको पनि थियो , ६ महिना अगाडी। जानकार हरु बताउछन्-त्यस बेला स्थानिय ससस्त्रका डी एस पी लाइ पारस स्वयम ले फोन गरी झपारी देखि माने लाइ छुने त के -प्रहरी ले त देख्ने बितिक्कै मानबहादुर सर भनेर नमस्कार गर्दा रहेछन ।

pravat.jpg
रातो चन्दन मात्र होइन , सालको काठ पनि तस्करी हुन्छ ,। तातोपानी मा थुपारिएको सखुवाको काठ

प्रहरी का आखा छैनन की क्या हो?

[एक जना तिब्बत बाट नेपाल ल्याएको २० देखि ४० हजार लाग्छ । मेरो गाडी मा ७ जना अटाउछ । बाटोमा सबै ठाउ गरेर एक जना को १० हजार बुझाउनु पर्छ । एक पटक मा १ लाख भन्द बच्दै बच्दैन ……. एक जना ड्राइभरको भनाइ हो यो ,तिब्बतियन हरुलाइ कसरी नेपालको तिब्बति सरणाथी क्याम्प बौद्ध र जावलाखेल सम्म बिना भिषा र कागजात आउछन्? नेपाल डायरी हेर्दै गर्नु होला । ]

अरु फोटो र समाचार क्रमस……

Advertisements