क्रान्तिकारीहरु (?) बहादुर भवनमा


नेपाल डायरी डट कम@9:30

१२ बर्षे जनयुद्ध लाइ थाति राखेर सदन, सिंहदरबार हुदै सरकारमा सामेल भएका माओबादीका नेता कार्यकर्ता हुल बाधेर ‘बहादुर भवन’ पस्दा छेउछाउमा रमीता हेर्ने हरुको ठुलै जमात मात्र उत्सुक थिएन, निर्बाचन आयोगका कर्मचारी समेत माओबादीको दल दर्ता कार्यकर्म लाइ उत्सुकतापुर्बक हेरीरहेका थिए ।


 
बिगत ११ बर्से लामो ससस्त्र द्वन्द छोडेर सरकारमा सामेल ने क पा माओबादीले पहिले पटक औपचारीकरुपमा निर्बाचन आयोगमा दल दर्ता गरेका छन् ।माओबादीका नेताहरु डा. बाबुराम भटराइ, कृष्ण बहादुर महरा लगायत सयौ योङ कम्युनिष्ट लिग का कार्यकर्ता र माओबादी समर्थीत हरुको जुलुस निर्बाचन आयोग पुग्दा उक्त दृस्य चाख मानेर हेर्ने हरुको पनि कुनै कमी थिएन ।

२०५२ सालमा रोल्पामा प्रहरी चौकी आक्रमण गरेर जनयुद्ध सुरु गरेका माओबादीहरु यहा सम्म आइपुग्दा १३ हजार नेपाली ले बलिदान मात्र दिएनन समयले समेत सयौ पटक काचुली फेरी सकेको छ । १२ बुदे , सात बुदे र २२ बुदे सम्झौता मार्फत बन्दुक बिसाएर संसद/ सरकार सम्म आइपुगे पनि माओबादीका कतिपय उग्र चरित्र र ‘योङ कम्युनिष्ट लिग’ को बितण्डा ले देस मा स्थाइ शान्ति कायम होला वा शान्तिको आसमा रहेका नेपाली जनताले पुन अर्का बर्ष हरु हत्या, हिंसाको अर्को कालरात्रीमा बिताउनु पर्ला ? आम जनतामा संका कायम नै छ ।यता आएर नेपालगंज काण्ड र गौर हत्या कान्ड पछि त माओबादीहरु जंगल पस्ने संघारमा रहेका र देस पुन अध्यारो तर्क फर्कने हल्ला / आसंका अझ बढेर नगएको होइन ।

बिगतमा बोली र ब्यबहारमा समेत जतिसुकै उग्र र आक्रामक कुरा गरेपनि ‘योङ कम्युनिष्ट लिग’ का लडाकु अगाडी पछाडी लगाएर निर्बाचन आयोग पस्दा माओबादी का बरिष्ठ नेता भटराइ र महराको झोला मा रहेको माओबादी पार्टीको बिधानमा भने ‘संघिय लोकतान्त्रिक गणतन्त्र’ पार्टीको मुख्य उद्देश्य भन्ने केहि ‘नरम र अन्य दलको झै लाग्ने सामान्य’ बिधान मात्र थिएन अपितु हत्या/ हिंसा बाट होइन बार्ता, संबाद र चुनावको माध्यम बाट पो सबै समस्याको समाधान हुने रहेछ भन्ने सोच समेत बिकसित भएको आभास मिल्थ्यो ।

१० हजारको हस्ताक्षर र पार्टीका नेताहरुको नागरीकता कपी बोकेर राजनीतिको मुलधारमा औपचारीक प्रबेश् का लागी ‘बहादुर भवन’ पुगेका माओबादीले केहि नेताको नागरीकता नभएपछि पासपोर्ट को कपि ‘जाकटी’ राखेर दल दर्ता त गरे , निर्बाचन आयोगका कर्मचारी हरु चाइ माओबादीको दल दर्ताले देस र नेपालको राजनिति नया युगमा प्रबेस गर्न लागेको खुसीयालीले होला सायद ‘बिना नागरिकता पासपोर्ट चै कसरी बन्यो भन्ने सोध्न चाही भुसुक्कै बिर्सेछन ।

असार ६ मा संबिधान सभाको निर्बाचन होला कि नहोला , तर जे भए पनि एउटा बिद्रोही सक्ति जस्ले हतियारको भरमा राज्य सत्ता कब्जा गरी सासन सत्ता हातमा लेने उद्देस्यले , हिंसत्मक आन्दोलन सुरु गरेको थियो , आज हत्या हिंसा त्यागेर संबाद , सल्लाह र निर्बाचनको माध्यम बाट तमाम समस्याको समाधान गर्न सकिन्छ भन्ने जुन सोचमा परिबर्तित भएको छ, यसलाइ भने हामीले शान्ति, स्थाइत्व र नेपाली मात्रको समुन्नत हितको पक्षमा अर्को ‘कोशेढुङो’ मान्नैपर्छ । हिजो सम्म ‘मारामार र पानि बाराबार’को स्थिती पछि को एक बर्सेको सहयात्रा ले ( दल र माओबादी) र माओबादीको दल दर्ताले एमाले का स्वर्गीय नेता मदन भण्डारीले भने झै’राजनितिमा कोइ कसैको स्थाइ शत्रु हुदैन’ भन्ने भनाइ चरितार्थ भएको छ ।

निर्बाचन कसरी होला र निर्बाचन पछि माओबादीको स्थिती कस्तो रहला वा माओबादीले कति सिट जित्ला? त्यो त समय ले नै बताउला । तर कम्तिमा माओबादी समेत झण्डा हल्लाउदै निर्बाचन आयोग पसेको ले चै भने नेपाली को ओठमा थोरै भए पनि मुस्कान थपिदिएको छ भन्दा अत्योक्ति नहोला ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w