सरकार ले ८० जना बैंक ठग Blacklisted Businessmen को भिषा क्यान्सिल गर्न दुताबास हरुलाइ लाइ पत्राचार गरेको छ।

परराष्ट्र मंन्त्रालयका अनुसार ८० जना काला ब्यापारी हरुको सुचि तयार गरी पठाइएको हो । “बैकको ऋण नतिरेको ले उनिहरुको पासपोर्ट रद्द गरीएको हुदा उनिहरुको भिसा क्यान्सिल गर्न ” दुताबासहरुलाइ पत्राचार गरीएको परराष्ट्रले जनाएको छ ।

अमेरिकन एम्बेसीका एक अधिकारेलाइ उल्लेख गर्दै दि हिमालयम टाईम्स ले जनाएअनुसार
मन्त्रालय ले पासपोर्ट नम्बर भने दुताबास लाइ उप लब्ध गराएको छैन । कुटनितिक राहदानी बाहेक अन्य साधारण पासपोर्ट लिने को पासपोर्ट नम्बर मंत्रालय संग नहुने हुदा पासपोर्ट नम्बर उपलब्ध गराउन नसकीएको मंत्रालय ले जनाएको छ ।करिब १ महिना अगाडी नै अर्थ मंत्रालयले यस्ता बैंक ठगहरुको पासपोर्ट जफत गर्ने निर्णय गरेको थियो ।

२७ वटा ब्यापारीक घरानाका ८० जना को पासपोर्ट जफत गरीएको जानकारी समेत उनिहरु सबैलाइ पठाइसकीएको छ । बिभिन्न बैक हरुबाट लिएको करिब ५० करोड रुपया ठुला ब्यापारीक घराना( के घराना! बैक ठग) हरुबाट असुल उपर हुन बाकि छ ।

यो पनि हेर्नुहोस् ।
**********************************************************************

६ वटा बाणिज्य बैक हरुले गरेको बैक ठगीको सिफारिश अनुसार अर्थ ले कारबाहिका लागी प्रकृया सुरु गरेका हरुमा नेपाल बैक लिमिटेड को ऋण नतिर्ने ११ ब्यापारिक समुह, NIC बैंक को ऋण नतिर्ने ६ ब्यापारिक समुह , राष्ट्रिय बाणिज्य बैक को ऋण नतिर्ने ४ ब्यापारिक समुह , हिमालयन बैंक को ऋण नतिर्ने ३ ब्यापारिक समुह लुम्बीनि बैक् को ऋण नतिर्ने २ ब्यापारिक समुह Nabil बैक को १ ब्यापारिक समुह रहेका छन् ।

पासपोर्ट जफत गरीएका ठुला बैक डिफल्डरमा फुलबारी होटल समुहका अमात्य ग्रुप, महालक्ष्मि सुगर मिल, बिराटनगरका मंगतुराम समुह , नेकोन एअर लगाएत छन । उनिहरुको सम्पती बचबिखन गर्न र स्वामित्व हस्तान्तण गर्न पनि सरकारले रोक लगाएको छ साथै उनिहरुलाइ कुनै अन्य कम्पनिको कार्यकरी तहमा बस्न वा संचालक समितिमा बस्न समेत सरकारले रोक लगाएक छ । साथै राज्यले प्रदाने गर्ने कुनै पदक वा सम्मान लागी पनि निज हरुलाइ अयोग्य घोसित गरीएको छ ।