नेपाल डायरी डट कम @12.00

आखिर ८ माझिको सल्लाह ले गाउ डुब्ने नै भो । कति न ठुला ठुला गफ गरेर “जसरी ” भएपनि ” एडनर्मल स्थितिमा” एडनर्मल चुनाब ” भनेर रटान लगाएपनि नेपाली जनताको आखामा छारो हाल्दै आएका नेपालल्का राजनितिक दल हरुको नैटकी फेरी देख्न पाइने भएको छ । निर्बाचन आयोग ले पटक पटक चुनाबको लागी आबस्यक कानुन बनाउ भन्दा कानमा तेल हालेर बसे पछि एक्लो भोजराजको मात्र के लाग्छ र?



निर्बाचन आयोग ले आफुले असार ६ गते निर्बाचन गर्न नसक्ने पत्र सरकारलाइ बुझाएको छ । सरकारले असार ६ गते निर्बाचन गर्ने भने पनि निबाचन का लागि आबस्यक कानुन र निति तयार नगरेको ले असार ६ गते निर्बाचन हुन नसक्ने आयोग ले जनाएको हो । अहिले आयोग ले पत्रकार सम्मेलन गरी सो सम्बन्धि थप कुरा बताउने जनाएको छ । सरकारले आज बिहान बसेको मन्त्रीपरीशद को बैठक मा सो पत्रका बारेमा छलफल गरेको र सो सम्बन्धमा ८ दलको बैठक बसी आबस्यक निर्णय हुने बताएको छ । अब …… सक्यो दैलो देख्यो भन्नु भन्दा ८ दलले अरु के नै गर्लान र? आखिर नहुने नै भो जस्तो छ संबिधान सभाको निर्बाचन । थुइक्क हुतीहारा हो , यति निर्बाचन त गर्न सकेनौ , अब के गर्छौ?

Advertisements