नेपाल डायरी डट कम @ 9:20

संबिधान सभाको निर्बाचन नहुने
[यो खबर सुनेर हास्ने हो कि रुने ?? ]

kune.jpg

[संबिधान सभाको निर्बाचन -हाडी गाउको जात्रा भएको छ हाम्रो देसमा । आयोग संग सरसल्लाह नगरी, कुनै पुर्ब तयारी बिना आठ दल ले गाइजात्रा तालले जेस्ठ , असार भन्दैमा निर्बाचन हुन्छ त? आठ दल आफै ज्योतिषि भएर यो मिति र त्यो मिति भन्नु भन्दा समयमै आबस्यक तयारी गरेको भए जेस्ठमा किन माघै मा हुन्थ्यो निर्बाचन । आफै बिना तयारी ,सरसल्लाह र सहमति बेगर पात्रो हेरेर साइत जुराउने हाम्रा ज्योतिषि हरुलाइ सिंहदरबार होइन, बोरा बोकेर न्युरोड / बिर अस्पताल अगाडी पठाउनु पर्ने । सायद आक्षास र देसान्तरको गल्तीले सिंहदरबारको ग्यालरीमा बिराजमान छन । नेपालीको कर्म ………..]

प्रचन्ड द्वारा आगामि जेस्ठ महिनामा संबिधान सभाको निर्बाचन नहुने भएपछि आठ दलको एकता को कुनै औचित्य नभएको भन्दै आठ दलको एकता समाप्त भएको घोसणा । आठ दलको एकताको मुल आधार संबिधान सभाको निर्बाचन गराउने भएको र निर्बाचन हुन नसक्ने भएपछि एकताको आधार समाप्त भएको ले अब संसद बाट गणतन्त्र घोसणा गरेर नयाँ एकताको आधार बनाउनु पर्ने प्रचन्ड को आग्रह । नत्र मुलुक मा ठुलो दुर्घटना हुन सक्ने र २००७ साल दोहोरिन सक्छ ।

ने क पा एमाले :-
समयमा निर्बाचन हुन नसक्नुमा प्रधानमन्त्री प्रमुख जिम्मेवार भएको ठहर ।

माओबादी नेताहरु:-

संबिधान सभाको निर्बाचनहुन नसक्ने भनी आयोगले बोल्नु प्रतिगमनको खतरा भन्दै नेपालि काङ्रेस र सात दल प्रमुख जिम्मेवार रहेको र संसदबाट गणतन्त्रको घोसणा नगरे अहिले सम्म सात दल र माओबादी बिच भएको सबै सहमति संकटमा पर्ने चेतावनि ।

शेरबहादुर देउपा( ने का प्रजा(?)तान्त्रीक) :-

तत्काल निर्बाचन हुन नसक्ने आयोगको निर्णयको समर्थन । अहिले पनि निर्भयका साथ जनताले भोट हाल्ने स्थिती नभएको । निर्बाचनको मिति सार्दैमा कुनै आपत्ति नहुने धारणा ।

सद् भावना :-

समयमा निर्बाचन हुन नसक्नुमा आठ दल र सरकारको कमजोरी भएको ले सरकार र आठै राजनितिक दल ले जिम्मेवारी लिनुपर्ने ।

नेपाली काङ्रेश :-

चुप (मौनं स्विकृतिम् लक्षणमं )

नेपाल डायरी:-

खै के खै के …… हाडी गाउकै जात्रा ।

तपाइ नि?

Advertisements