प्रहरी द्वारा YCL को कार्यालयमा खानतलासी


                                                                                                         नेपाल डायरी डट कम @ 8:30 अपडेट :- ९:२०

यता अहिले बेलुकी स्वयम्भुमा प्रहरी ले YCL का कार्यकर्ता लाइ बिनाकारण प्रहरी ले पक्रेको भन्दै YCL ले प्रदर्सन गरेको छ । स्वयम्भुमा गुण्डा गर्दि गरीरहेका केहि ब्याक्ति हरुलाइ YCL का कार्यकर्ता ले पक्रेको तर त्यसको केहि समय पछि आइपुगेको प्रहरी ले उल्टै YCL का कार्यकर्ता लाइ पक्राउगरी लगेको भन्दै प्रदर्शन मा उत्रिएका YCL का कार्यकर्ता ले सो क्षेत्रमा २ वटा मोटर साइकला मा आगजनि समेत गरेका छन् ।

काठमाण्डौ प्रहरीले आज दिउसो योङ कम्युनिस्ट लिग YCL को बालाजु, गठ्ठाघर लगायतका कार्यालयमा खानतलासी गरेको छ । प्रहरीले योङ् कम्युनिट लिग का उपत्यका का ३ बटै कार्यलयमा छापामारेको हो । लिग को कार्यालय रहेको बालाजु को ड्रग रम र खुकुरी रम को तथ लाइतपुरको खन्ना गार्मेन्टमा तथा गठ्ठाघर मा काठमाण्डौ, ललितपुर र भक्तपुर प्रहरीले एकै पटक छापामारेको थियो । YCL को कार्यालयमा अबैध हतियार राखेको र काठमाण्डौ का बिभिन्न ब्याक्तिहरुलाइ अपहरण गरी थुनेर राखेको उजुरीको आएपछि सो स्थानमा छापा मारीएको प्रहरीको दाबि छ । तर प्रहरीले कुनै हातहियार फेला नपरेको र कसैलाइपनि पक्राउ नगरेको जनाएको छ ।

यता माओबादीका कार्यकर्ता हरुले भने बिना पुर्जी प्रहरिले खानतलसि लिएको र प्रहरी मुठभेड गर्ने मनस्थितिले तयारीका साथ आएको भन्दै रोष प्रकट गरेका छन् ।यस बिषय लाइ लिएर हाल माओबादीको योङ कम्युनिस्ट लिग को बैठक बसिरहेको  छ । बैठक मा माओबादी नेता अनन्त सम्मितित भएको र बैठक ले प्रहरीको कदम को बिसयमा के गर्ने भन्ने धारणा सार्बजनिक गर्ने बताइएको छ ।

Advertisements

One thought on “प्रहरी द्वारा YCL को कार्यालयमा खानतलासी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w