नेपाल डायरी डट कम @7.00

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

लामो अन्योलता पछि सरकार ले आज ब्याकुल माइलाले लेखेको राष्ट्रिय गान लाइ स्विकृत गरेको छ। सस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री पृत्वी सुब्बा गुरुङ् ले आज दिएको जानकारी अनुसार सरकार ले आज उक्त रचना लाइ राष्ट्रीय गान को रुपमा स्विकृत गर्ने निर्णय गरेको हो ।सरकारले गठन गरेको राष्ट्रिय गान चयन कार्यदलले प्राप्त गरेको १२ सय भन्दा बढि गीतमध्ये ओखलढुंगे कबि  व्याकुल माइलाको  गीत सबैभन्दा उत्कृष्ट ठहर गरेको थियो ।