नेपाल डायरी डट कम # ८:४०

  नेपाली ब्लगर हरुको ऐतिहसिक ( यो ऐतिहासिक को नामाकरण गर्ने चै उमेश् हो है) भेला   सम्पन्न भएको छ आज । सबै ब्लगर लाइ समेट्न नसके पनि करिब २ दर्जन ब्लगर हरुको सहभागिता आफैमा  ठुलो उपलब्धि हो । ब्लगरको भेला ले अब चै केहि ठोस काम गर्ला जस्तो गरेको छ । करिब २ दर्जन ब्लगर हरु भेला भए पछि मिडिया फोरम को को बैठक हल मात्र भरिएन , उज्ज्ल लाइ मेचको ब्यबस्था गर्न पनि झन्नै हम्मे हम्मे परेको थियो । तै पनि कार्यक्रम को बिच बिचमा प्रसंग वा बिना प्रसंग उज्जल को हासोको फोहरा( के फोहरा नी? सप्तकोशी) देख्दा चै उस्को मनमा ठुलै शान्ति मिलेको आभास हुन्थ्यो । हुन पनि किन मनमा शान्ति  नहोस त ! यो ब्लगर को मेला आयोजना गर्ने उसले कति पापड बेलेको छ । एक पटक नेपालि भ्वाइसेस हेरे थाहा हुन्छ ।

foto.jpg

फोटो साभार :- माइ संसार

 


untitled-2-copy.gif
 

रोषा जी , तपाइकै नाम चै मैले कसरी भुलेछु त? झन तपाइको नाम त बिषेस राखुला भन्दै थिए । ल फोटो पनि सगै पोस्ट ।  Foto :-Nepalivoices

एक प्रकारले समाबेसिको पनि अदभुत नमुना माने हुन्छ आजको ब्लग भेला लाइ पक्का पहाडेको छोरो म, खाट्टि नेवार उमेश, तराइ मुलका  सलिक शाह  मुसलमान ताजिम, दलितका राजेन्द्र, र  रोसा, अर्चना, लगाएत ६ जना महिला सहभागी मात्र होइन, सिमाना बिद बुद्धिनारायण श्रेष्ठ समेत सहभागी भए पछि ।

 हुनत यो ब्लगरहरुको चौथो भेला हो क्यारे तर यति धेरै ब्लगर भेला भएको भने पहिलो पटक  । संख्याको हिसाबले मात्र ऐतिहासिक होइन यो भेला, करिब ४ महिनाको मेहनेत पछि औपचारिक रुपमा केहि ठोस निर्णय समेत गरेको ले ऐतिहासिक भएको हो । 

सस्था दर्ता गर्ने कि नगरी स्वतन्त्र रुपमा ब्लगान( ब्लगर असोसिएसन अफ नेपाल) लाइ अगाडी लाने भन्ने बिषयमा  सामान्य मतभेद भए पनि अन्य बिसयमा भने सर्बसम्मत  रुपमा केहि महत्वपुर्ण निर्णय गरेको छ । नेपाली ब्लग को कथा ब्यथा समेटेर एउटा पुस्तक प्रकासन गर्ने र अन्य आबस्यक तयारीका लागी एउटा कार्यदल बनाएको छ ।

तर ब्लगान दर्ता गर्ने बिषयमा भने डानियल पर्ल को तर्क भने मलाइ पनि त्यति चित्त बुझेको छैन । उहाको तर्क आफ्नो ठाउमा ठिकै होला ( नेपाल मा धन देखे पछि महादेवका तिन नेत्र भन्छन !!)  तर  अब भोलि के होला भन्ने अनुमान को भरमा दर्तै नगर्नु भन्दा ब्लगान दर्ता गरी राख्दा के बिग्रेला र !ब्लगान चलाउने आफ्नै नियम कानुन बनाउला वा आ-आफ्नो हिसाब ले ब्लग चलाउला नि !  बरु के पि ले भने झै अरु कसैले ब्लगान दर्ता गर्न सक्ने तर्क  भने हामि सबै चनाखो हुनु पर्ला ।

आउट अफ बिट

औपचारिक बैठक सकिएपछि बाहिर कौषिको अनौपचारिक गफ गाफ र ठटटा पनि कम्ति रोचक भने थिएन । २ दर्जन ब्लगर भेला भए पछि मक्ख परेका उज्जल  अब भने   ब्लगरको जुलुस मात्र होइन ,  आबस्यक परे २,४ देशको दुताबास घेर्ने शक्ति भयो  अब ब्लगरको भन्दा   एक पटक हासो को ठुलै आबाज सुनीएको थियो  भने  निर्धारित समय भन्दा ढिलो आइपुगेका के पि किन ढिलो आए  भन्ने बिषय मा पनि लामै ठट्टा र हासो चल्यो । अझ पठान ड्रेस लगाएर आएका  बिष्णु ढकाल लाइ  सहभागी मध्ये कसैले पाकिस्तानि ब्लगरको उपमा दिदा पनि कौसिमा लामै हासो छाएको थियो ।

 ब्लगरको ऐतिहासिक भेला भएको ले होला, ऐतिहासिक पानि पर्ला जस्तो छ काठमाण्डौ मा आज। पानि परेर आफु मात्र रुझिएन कौसी मा पानि जमेर कोठा भरी जम्मा भएपछि अगिनै लेख्छु भनेको ब्लग १ घण्टा ढिलो भयो है!