[rockyou id=65551533&w=426&h=320]

नेपाल डायरी@9:45

जनआन्दोलन २ को पहिलो बर्षिकोत्सव आज भोलि र पर्सि गरेर ३ दिन सम्म अधिराज्य भर मनाइदै छ। सरकार ले भोलि ११ गते लाइ लोकतन्त्र दिवस घोसणा गरेको छ । । नेपालि जनताद्वारा निरंकुश शाही सरकारको विरुद्धमा भएको १९ दिने जनआन्दोलन पश्चात ०६३ वैशाख ११ गते प्राप्त उपलब्धिको एक वर्षपुगेको अवसरमा लोकतत्र दिवस मनाउने क्रममा नागरीक समाज द्वारा आज काठमण्डौ मा २ वटा कर्यक्रम आयोजना गरियो। पहिलो कार्यक्रम भयो प्रज्ञा भवन कमलादि मा । त्यहाँको कर्यक्रम थियो “जनआन्दोलन:स्मरण, समीक्षा र खबरदारी” बिषयक जनबहस ।

1.jpg

समाजको दोश्रो कार्यक्रम थियो बसन्तपुरमा। बसन्तपुरमा जनआन्दोलनको अवसरमा खिचिएको फोटो तथा भिडियो प्रदर्शन गरीएको थियो। बसन्तपुरको कार्यकर्म को केही फोटो हरु मैले यहाँ राखेको छु । बसन्तपुरमा भएको नागरीक समाजको उक कार्यक्रम मा मणि काफ्ले, धिरेन्द्र प्रेमर्शि, श्रवण मुकारुङ्, हरिगोबिन्द लुइटेल लगाएत का कबिहरुले कबिता बाचन गरेका थिए । नागरीक समाजले आयोजना गरेको फोटो प्रदर्सनी तथा आन्दोलन का दृस्यहरुको प्रदर्सनीको ब्यबस्था नेपालयको सहयोगमा गरीएको थियो भने आन्दोलनका दृस्यहरु इन्सेक, इमेज च्यानल , गुरुकुल बाट प्राप्त भएको थियो ।

3.jpg

भोलि नागरीक समाजलेलोकतन्त्र दिवसको उपलक्षमा काठमाण्डौ मा बृहत कर्यक्रम गर्ने जनाएको छ। जनआन्दोलन जारी छ: स्मरण, समीक्षा र खबरदारी नाराका साथ नागरीक समाजले भोलि १२ बजे कलंकिबाट नागरिक र्‍यालि गर्ने छ भने २ बजे बसन्तपुर् मा नागरीक सभा अयोजना गरीने छ। । त्यसै आवसर मा रेडियो नेपालले समेत लोकतन्त्र शिर्षकमा लोक गीत प्रतीयोगिता समेत आयोजना गर्यो। नेपालि सेना ले समेत भोलि टुडिंखेल एक कार्यक्रम गरेर पहिलो लोकतन्त्र दिवश मनाउने तयारी गरेको छ। बुधवार, जनाअन्दोलनमा सहादत प्रप्त गर्ने शहीदहरू तथा घाइतेहरूको सम्झनामा कर्यक्रम आयोजन गरीने छ।

उक्त कार्यक्रम का अन्य दृस्य तथा भिडियो हरु केहि बेरमा यहा राख्ने छु ।

4.jpg