राती १२ बजे 

काठमाण्डौ को इन्द्रचोक को गणेस मार्केटमा अहिले साढे नौ बजे तिर सुरु भएको आगलागि अहिले नियन्त्रण बाहिर गएको छ । कस्मेटिक र साडीको सो रुम रहेको कोठा बाट आगो सुरु भएको प्रहरी ले आसंका गरेको छ । आगलागीमा परि एक जना सामान्य घाइते भएको र एउटा घर भत्किनुका साथै  अन्य २ वटा घरमा आगो सल्किएको छ । घटनास्थलमा काठमाण्डौ , ललितपुर र भक्तपुरका १ दर्जन दमकल ले आगो निभाउने प्रयास गरे पनि हाल सम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।

Advertisements