नेपाल डायरी डट कम @ 9.00

नागरिक समाजले आज बसन्तपुरमा आयोजना गरेको नागरिक सभाका दृस्यहरु हरु मैले यहा राखेको छु । 
a3.jpg

सरकारले आज सैनिक मंच र नागरीक समाजले बसन्तपुरमा छुट्टा छुटै रुपमा जन आन्दोलन को प्रथम बार्षिक उत्सब आयोजना गरेका छन । सरकारले भने सैनिक मंचमा ज्ञानेन्द्रको जयजयकार लेखिएको बिरोध गर्ने नागरिक हरुमाथि लाठि बर्साएर निरंकुस चरित्र देखाउदै लोकतन्त्र दिवस मनाएको छ  भने नागरीक समाजले भने दसौ हजारको उपस्थितिमा सरकारको खबरदारी र  बिगत १ बर्षको समिक्षा र महान जन आन्दोलनको स्मरण गर्दै  उत्सब मनाएको छ ।

a1.jpg

a4.jpg

नागरिक सभामा संबोधन गर्ने पुगेका काङ्रेस का रामचन्द्र पौडेल लाइ भने सहभागी हरुले चर्को स्वरमा हुटिगं गर्दै  राजाबदी को आरोपमा बोल्न दिएनन् । कार्यकर्म मा महजोडि,  नन्दकृष्ण जोसि, रुबिन गन्धर्ब, बद्री पंगेनी लगाएतले गित संगीत   प्रस्तुत गरेका थिए भने  मनोज गजुरेल ले ब्यङग पस्केका थिए । नागरिक समाजको उक्त कार्यक्रम मा  सम्भु थापा , बिष्णु निष्ठुरी  एमाले का माधब नेपाल, माओबादीका  प्रचण्ड आदिले सम्बोधन गरेका थिए । नागरीक समाजले आज कलंकि बाट सुरु गरेको र्‍यालीमा हजारौ को हजारको सहभागिता थियो । र्‍यालि कलंकि बाट सुरु भएर कालीमाटी, त्रिपुरेश्वोर,सुन्धारा   हुदै बसन्तपुर पुगेर सभामा परिणत भएको थियो । 

भिडियो अपलोड हुँदै छ ।