कुन तन्त्र? गणतन्त्र कि गनगन तन्त्र?


                                                                                                    नेपाल डायरी डट कम @ 10.45

दल हरु एक ठाउमा बसेर एक भएर निर्णय गरे आफुले सदनबाट १ मिनेटमै गणतन्त्र घोसणा गर्ने सभाभुख सुबास चन्द्र नेम्बाङ् को अभिब्यक्ति आएकै भोलि पल्ट काङ्ग्रेस नेता तथा सरकारका बरिष्ठ मन्त्री राम चन्द्र पौडेल भने आज नेपालगंज पुगेर ब्यबस्थापिका संसदलाइ गणतन्त्र घोसणा गर्ने कुनै अधिकार नभएको बताएको संचार माध्यम हरुले जनाएका छन ।एमाले र माओवादीले संसदबाटै गणतन्त्र घोषणा गर्न सरकारलाई दबाव दिन सहमति गरेको अबस्थामा पौडेलले  संविधानमै नभएको कुरा  संसदले गर्न नसक्ने बताउदै  गणतन्त्रको घोषणा संविधानसभाको पहिलो बैठकले मात्र गर्न सक्ने बताएका छन ।  राजालाई सेनाले सलामी दिएको बिसयमा सेनाको नानी देखिलागेको बानि भनेर हल्का फुल्का  टिप्पणि गरेका पौडेल ले राजाको सबारीको लागि तिन हजार सैनिक तथा ससस्त्र प्रहरीको ब्यबस्या सरकरले गरेको खुलासा समेत गरेका छन् ।

**********************************************************************

अब के होला ? संबिधान सभाको चुनाब को अत्तो पत्तो हरायो । हुनेकि नहुने कुनै टुङ्गो छैन । भए पनि कहिले होला, नेपालका मात्र होइन , बेलाबखत भारत का पिठ बाट आउने स्वनामधारी  ज्योतिषी लाइ पनि ठ्याकै बताउन मुस्किलै पर्ला । 

नेताको बोली गजब आउन थालेको छ । आठ पार्टी आठ तिर टाउको फर्काएर बसेका छन् । कोहि संबिधान सभाको गायत्री जप्दैछन् भने कोहि संसदबाट गणतन्त्रको । अझ जनमत संग्रह को रुद्री चण्डि/ एकाह पुराण पनि चालु नै छ  क्यारे । नेता होइन   हाम्रो देसका पार्टिका टाउकेहरुलाइ अभिनेता भने हुन्छ ( सब भन्दा राम्रो चै चटके हुन्छ नि चटके / बाटामा बसेर चटक देखाउने , र हाम्रा नेताको चटकमा खासै फरक चै छैन ।  )  कति हेर्नु यिनको ( त्यै नेताको ) चटक ।  १५,१६ बर्ष भैसक्यो चटक देखाउन थालेको । सभामुखले प्रज्ञा प्रतिष्ठानमा गणतन्त्रको के चटक देखाएका थिए। असिना प्रसाद ( एकजना पाठकले कमेन्टमा रामचन्द्र पौडेल र जिरे खुर्सानिको असिना प्रसादमा के फरक छ भनेर लेखेका छ्न । मैले उनको यहि सब्द यहा सापटी लीएको हु ।) ले नेपालगंज पुगेर काउन्टर दिइहाले- काँ हुन्छ  राजा फाल्न? राजा फाले काङ्रेस ले कसको पुजा गर्ने?

मंच भेटे र बोल्न पाए भने नेपाल का चटके हरु भाषन गर्ने चै कोहि भन्दा कम छैनन । एउटा ले गणतन्त्र भने अर्को ले सुपर गणतन्त्रको दाबि गर्न यिनलाइ कसले रोक्ने । तर ब्यबहारमा भने गणतन्त्र त परको कुरा, शाहि सेना लाइ जनताको सेना नागरिक को सेना बनाउन त सकेनन ।   अब  तपाइ हामि जस्ता एउटा आम नागरीक ले भने कस्को कुरा पत्याउने ? सभामुख ले भनेको कि असिना प्रसाद ले भनेको ? ?

राजाको मन्दिर यात्रा र सेनाको सलामि के स्पस्ट संकेत गरेको छ भने राजा चुप लागेर अब मैले हारे भनेर बसेका छैनन बरु नेताहरुको आपसि खिचातानी हेर्दै उपर्युक्त “साइत” को पर्खाइमा बसेका छन । अर्को तिर नेपालको सेना र राजाको साठगाठ यति बलियो छ कि भोलि राजाले उठाउने प्रत्येक कदममा सेनाको प्रत्यक्ष सहयोग नहोला भन्ने स्थिति छैन ।

यो अबस्था मा पनि नेताहरु कोहि संबिधान सभाको, कोहि गणतन्त्रको अनि कोहि चाही जनमत संग्रहको  राग अलापेर बस्नु भन्दा कसरी संबिधान सभाको निर्बाचन बिना ब्याबधान सम्पन्न गर्ने र जनताको गणतन्त्रमा जाने मागलाइ उचित सम्बोधन गर्ने तर्फ नलागे मुलुक हुने अर्को कु-देता लाइ पशुपति नाथले समेत बचाउन नसक्लान ।

सेना राजाको गुलामि गर्दै जाने र सरकार सेनाको नानि देखि लागेको बानि भनेर चुप चाप लागी रहने हो भने गणतन्त्र वा संबिधान सभा जे पहिले आए पनि त्यो ब्यबस्था त्यति बेला मात्र स्थाइ हुन सक्छ जति बेला राजा र सेनाको साठगाठ   तोडिन्छ र राजाको गुलामि गर्दै आएको सेनालाइ जनताको सेबक बनाइन्छ । अन्यथा इतिहास खोज्न धेरै टाढा जानु पर्दैन । छिमेकि पाकिस्तान र बर्मा लाइ हेरे हुन्छ  । जहाँ सेनाले प्रजातन्त्रको नाममा के के ताण्डब मच्चाइरहेका छन ।  माइक वा प्रेसवाला देख्ने बित्तिकै अनाप सनाप बोल्न बोल्नु भन्दा नेता हरुले के बुझ्नु जरुरी छ भने आपसि खिचातानी र एक अर्कामा बाझिने कुरा गर्दा अबका जनताले पत्याउदैन बरु राजाले चलखेल गर्ने मौक पाउछन् ।

Advertisements

2 thoughts on “कुन तन्त्र? गणतन्त्र कि गनगन तन्त्र?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w