यता तिर यसो किलीक गर्नुहोस है । केहि छ की  त। 

[आज भोलि मेरो कोठा मा नेट नभएको ले कहिलेकाहि साइबर बाट ब्लग अपडेट गरीरहेको छु । आफु परियो सानोतिनो ब्यापार गरेर जिबीका चलाउने मान्छे , देशै को ब्यापार लागेको छ हउ !! त्यै भएर नियमित रुपमा अपडेट गर्न सकेको छुइन ब्लग पनि]नेपालि को महान चाड दशै , यसो सानोतिनो भए पनि (हेर्न मात्र आउने भए पनि!) मेरो पसल पनि भिड भाड नै पो छ त आजकल ,एक त न्युरोड , त्यसमा पनि खिचापोखरी , कम्ता भिड हुन्छ र भन्या!! बाबै ! खुट्टा टेक्ने ठाउ छैन हउ !!तर पनि बिक्रि बट्टा भने छैन यो पटक को दसै मा । जनता सङ पैसा नै पो सिध्योकि क्या हो ? हुनत आज दसै लाइ खुद्रा पैसा साट्न थापाथलीको राष्ट्र बैक तिर पनि गा’थिए । २० रुपया र ५ रुपया बाहेक अरु १०, ५० को खुद्रा पैसा छैन रे ब्याकमा । अब ब्यान्क मा नै पैसा सकीए पछि सर्बसाधारण् सग कसरी होस त ? त्यै भएर होला ब्यापार पनि ओरालो लागेको । अब दसैकै कुरा गरौ क्यारे ! कसरी मनाउनु हुदैछ हउ यसपालीको दसै ? एउटा खसि त काट्ने होला नि ! जे भए पनि । राम्रो सग मनाउनु होला है , देश् परदेश जहा भएपनि ।सबैले दसै मा गणतान्त्रिक सुभ-कामना दिया छन क्यारे । म भने तपाइलाइ के सुभ-कामना दिउ खोइ ? लौ लौ मेरो चै संघिय गणतान्त्रिक सुभ-कामना !! है त । ( बढि कान्तिकारी भएको नी, के बुर्जुवा सुभ-कामना दिनु !!)