“यस बर्ष को अंतिम  यात्रा थाइल्यान्ड , चाइना र नयाँ दिल्ली हुँदै काठमाण्डौ एअर पोर्ट – ओर्लेर पुरा गरेको छु .-”
बिगत २ बर्ष देखी नियमितरुपमा ब्लग अपडेट गर्न सकेको छुइन । मन त कहाँ नभएको हो र ब्लग लेख्ने ! तर कामको ब्यस्तता र धेरै घुमफिर गर्नु पर्ने भएको ले मन भित्र को तिर्सना लाई मनै भित्र दबाउन वाध्य हुनुपर्ने रहेछ लामो समयको बिच बिच मा पनि ब्लग अपडेट गर्न नखोजेको पनि होइन, तै पनि समय प रिस्तिथी ले साथ दिएन । हो साच्चै मानिस परीस्थितिको कमारो भन्थे , हो रहेछ ।
२००७ र २००८ को लामो घुमफीर र कार्य ब्यस्तता अब भने केही काम होला जस्तो छ । अब भने सोच्दैछु         नियमित रुपमा लेख्नु पर्ला ।
नियमितरुपमा ब्लग अपडेट गर्न सकेको छुइन । मन त कहाँ नभएको हो र ब्लग लेख्ने ! तर कामको ब्यस्तता र धेरै घुमफिर गर्नु पर्ने भएको ले मन भित्र को तिर्सना लाई मनै भित्र दबाउन वाध्य हुनुपर्ने रहेछ

लगभग २ बर्ष देखी नेपाली टाइप नगरेको ले टाइप पनि भुर्कुट भएछ । बितेको २ बर्ष मैले लगभग पुरै समय नेपाल बाहिर बिताए । अरु देस को प्रगती उन्नती , चमक दमक, जीबन सैली  आदी देखे, र आफ्नो देश को दुर्दशा पनि ।
त्य सोत बिदेस मा पनि नेपाली को दुर्दशा नभएको कहाँ हो र । बिदेसमा  दु:ख पाएर रुने धेरै नेपाली हरुको कथा मैले पनि नजीकै बाट देख्नेपाए । खैर जे होस , अब भने म नेपाल फर्की सकेको छु ।   र मेरो ब्लग नियमीत रुपमा उपडेट गर्ने कोसीस गर्ने छु । हुनत १८/१८ घण्टा को लोड सेडिङ मा के काम गर्न पाइएला र ?