नयाँ नेपाल को नयाँ संबिधान कस्तो हुनु पर्छ ? तपाईं को सुझाब पठाउनु होस ।
मेरो विचारमा नयाँ संबिधान मा निम्न कुरा हरु हुनु पर्छ ।

नागरीकता को सम्बन्धमा –बाबु वा आमा कुनै एक को नाम बाट सन्तान ले नागरीकता पाउनु पर्छु

मौलिक हकको सम्बन्धमा-
देहायको कसुर गरेको स्वतन्त्र अदालत बाट पुष्टि भएमा निजलाइ म्रुत्युदण्ड दिन सक्ने गरि कानुन बनाइने छ । यस बाहेक कसै को ब्यक्तित स्वतन्त्रताको हनन हुने गरि कुनै कानुन बनाइने छैन ।

– बलत्कार गरेको प्रमाणित भएमा ।
– राज्यको चल अचल सम्पति हानि नोक्सानि गरेमा ।
– भष्ट्राचार गरेको प्रमाणित भएमा।
-राज्य लाइ तिर्नु पर्ने कर राजस्व नतिरेमा वा कम तिरेमा वा नतिर्न उक्साउने गम्भिर प्रक्रितिको कसुर गरेमा ।

-बर्ण, लिङ, जातजाति आदिको आधारमा भेदभाब गरी सार्बजनिक सम्पति, धारा ,मन्दिर आदि बिषय लाइ लिएर कसै को शोषण गरेमा ।

-जबरजस्ति कसैको इच्छा बेगर कम्लरी, हलिया, हलि, राखेमा , राख्न लगाएमा , राख्न्न उकासेमा ।
चल वा अचल सम्पति वा रुपैया पैसा बा फिर्ति रकम को माग गर्दै कसै लाइ बन्धक बनाएमा, अपहरण गरेमा,

-ज्यान मार्ने उधोग गरेमा ।

-अनुसन्धान ,तहकिकात वा पुर्पक्षमा राखेको ब्याक्तिलाइ निर्घात सारीरिक र मानसिक यातना दीने सुरक्षा कर्मि,आदेस दिने ब्याक्ति लाइ ।
(तर यस्तो आदेस पालना गर्ने र आदेस दिने दुबैको कसुर स्वतन्त्र अदालत बाट पुष्टी भएको हुनु पर्ने छ ।स्वतन्त्र अदालत भन्नाले सैनीक अदालत र प्रहरी अदालत बाहेक अन्य अदालत )

क्रमस………….