ट्यागहरु

, , ,


त्कृस्ट खेल खेल्दा खेल्दै पनि करिब आधा दर्जन गोल गर्ने अबसर चुकाउदा र भाग्यले पनि साथ नदीए पछि नेपाल ले काजाकस्थान सङ को खेल बराबरी मा चित्त बुझाउन बाध्य भएको छ। टेक्निकल्ली रुपमा नेपाल ले हिजोको खेल आजसम्म नेपाल ले खेलेका धेरै कम उत्कृस्ट खेल मध्ये एक हो भन्दा अन्यथा नहोला ।
rangasala

दसरथ रङ्गशाला

नेपालि फुटबल को परम्परागत कम्जोरी हिजो पनि दसरथ रङसालामा देख्ना पाइयो । खेल अबधिभर बल लाइ आफ्नो नियन्त्रणमा राख्न सफल हुदाहुदै पनि नेपाल का खेलाडि हरु आपसि तालमेल र बललाइ “फिनिसिङ टच” दिन बारम्बार चुके ।

pani-on-rangasala

रङगसालाको उत्तर गोलपोस्ट नजिकै जमेको पानि। एन्फा , यति म समयमै मर्मत गर्न सकिन्थ्यो होलानि? कि बजेट अभाब ले हो? भर्स्ट्राचार गर्न त कहिल्यै बजेट अभाब हुदैन त?

तर हिजोको खेल ले नेपाल को फुटबल को भबिस्य उज्जल रहेको तर्फ भने प्रसस्त संकेत गरेको छ । अनिल गुरुङ , जुमानु राइ र बिजय गुरुङ को भरमा मात्र नेपालि फुटबलले भर पर्नु पर्ने दिन गए भन्ने संकेत भने हिजोको खेल म २३ न जर्सी मा मैदान मा नेपालि फुटबलको राष्ट्रीय टोलि बाट पहिलो पटक खेलेका( दोस्रो पटक हो क्यारे) चेतन , दिपक हरु ले प्रमाणित गरीदीएका छन्। नयाँ खेलाडिहरु लाइ पनि अबसर दिने हो भने नेपाल को फुटबल को राम्रा दिने सुरु भएको संकेत हो यो ।

nepali

खेल सकिए पछि अम्पायर को गलत निर्णयको बिरोघ गर्दै दर्सकहरु

निस्चित रुपमा जतिनै राम्रो खेले पनि फुटबलमा गोल गर्न नसके त्य्सको कुनै महत्व हुदैन । राम्रो “प्ले मेकर” को अभाब मा धेरै सुन्दर अबसरहरुलाइ गोल मा परिणत गर्न असफल नेपालले राम्रा र प्रतिभावान खेलाडि खोज्न आजै देखि लागे राम्रो ।

अर्को तर्फ खेलाडि को उचित ब्यबस्थापन र भरण पोसण को बारेमा पनि एन्फ ले ध्यान पुर्‍याउन आबस्यक छ । खेलाडि ले खेलेर बाच्न अबस्था सिर्जना गर्नु सरकार , राखेप , र एन्फा सबै को दायित्व हो र दायित्व हो , फुटबल लाइ सोख होइन पेसा बनाउन सक्ने बाताबरणको सिर्जना गर्नु

kazak

प्रहरी सुरक्षामा बाहिरिदै रेफ्री र कजाक खेलाडि

Advertisements