ट्यागहरु

, ,


बिषय :- पानिपत्र सम्बन्धमा ।

आदरणिय बाबुराम भटराइ
अर्थ मंत्रालय, काठमाण्डौ
नमस्ते, डा. भटराइ, म नेपालडायरी, उमेर २७ बर्ष, स्नातक पास, घर दुर्गम पहाड, अहिले काठमान्डौमा सानो ब्यापार ब्याबसाय गरी जिबिकोपार्जन गर्ने ब्याक्ति, आम नेपालि जनता जस्तै दु:ख-सुख बिहान बेलुकी हात-मुख जोर्न पुगेकै छ । त्यसैले यस पत्रमा कुनै जागिर मागीएको छैन , नहिच्किचाइ पढ्नु होला ।
rainwater_diagram
पानिपत्र लेख्दैछु , त्यो पनि तपाइलाइ नै सम्बोधन गरेर , ’cause नेपालि जनताले अलिकति केहि हुन्छ भनेर आश गरेका छन् भने तपाइ बाटै गरेका छन् त्यै भएर भौतिक योजना मन्त्रालय , काठमान्डौ नगर पालिका लाइ पनि तपाइले सम्झाइदिनुहुनेछ भन्ने पुर्ण आशा राखेको छु । नयाँ बजेट आउन लागेको छ , कृपया हाम्रो सानो अनुरोध लाइ पनि बजेट मार्फत सम्बोधन गरीदिनुहोला।

rainwater-collection
अब मेलम्चि को के कुरा गर्ने र कुरा गर्यो कुरैको दु:ख हुन्छ , पानिको हाहाकार छ डा.भटराइ मेरो बस्तिमा । पानि नआएको आज २५ दिन भयो , नुहाउन-धुवाउन को कुरै नगरु , खान लाइ पनि पानी पाइएन हजुर ! पानि बिनै बाच्नु पर्ने भो । मन्त्री क्वाटरमा त “ध्वार धारामा पानी” आउदो हो , तपाइलाइ त चिन्ता छैन होला, बाँकी १ लाख जति काठमाण्डौ का ठुला, बढा, चोर-डाका,तस्कर, दलाल, मन्त्री , सासद, गिरीजाबाबु, केपि ओलि बाहेक सबैको एउटै चिन्ता छ हजुर , पानि! पानि!! पानि!!

आदरणिय डा.भटराइ,आगामि ८-१० बर्ष सम्म पनि मेलम्चि आउदैन होला। के गर्ने होला है अब हामिले पानि खान? तपाइको खास कुनै योजना पो छ कि? हामिले कम्सेकम धित मर्ने गरी पानि खान पाउने?

मेरो सानो सुझाब छ, सायद केहि गर्जो टार्न सकिन्छ कि मेरो योजनाले?
तपाइलाइ पनि थाहै होला , काठमान्डौ मा घर बनाउने क्रम् तिब्र छ । दिन दिनै नयाँ घर बन्या बनै छन । नसक्नेले १ तले, अलि सक्नेले २-३ तले , झन सक्नेले ५-६ तले र तपाइहरुकै भाषामा सामान्ति सक्नेले १७ तले सम्म बनाउदै छन भन्ने समाचार त पत्र पत्रीकामा ब्यापक आउदैछ , तपाइले पनि पढ्नु भएकै होला । एउटा सानो घर बनाउन पनि २५-३० लाख त लाग्छ नै । जग्गाको भाउको के कुरा गर्नु र ! आनाको ५ लाख भन्दा घटि पाउनै मुस्किल, ४ आनाको २० लाख !!

रेन वाटर हार्बेस्टिङ अर्थात आकासे पानि संकलन भन्ने कुरा त तपाइलाइ पनि थाहै होला । बर्खामा संकलन गरेको पानि ले एउटा सानो परिबार लाइ ५-६ महिलालाइ पुग्ने पानि संकलन हुन सक्छ । एउटा घर बनाउने ब्याक्तिले २५-३० लाख को १० प्रतिसत अर्थात २५-३० हजार खर्च (बढि मा ५० हजार ) खर्च गर्न त सक्छ नि , होइन र? त्यसैले कृपया एउटा नियम बनाइदिनुहोस- अब जस जस्ले नयाँ घर् बनाउछ , उस्ले अनिबार्य रुपमा “आकासे पानि संकलन् गर्ने ” ब्यबस्था गरेको हुनु पर्ने , अन्यथा घर् को नक्सा पास नहुने । निर्माण तथा भौतिक योजना मन्त्रालय, नेपाल खानेपानि लिमीटेड लाइ हामि आम नेपालि ले भन्यो भने त सुनेको नसुन्यै उडाउलान , तपाइले भने टेर्लान कि? भनिदिनुहोला ।

कृपया जस्ले आकासे पानि संकलन गर्दैन उस्को नक्सा पासै नहुने नियम बनाइदिनुभयो भने सबैले यो बिधि अपनाउछन , ३०-४० लाख लगाएर घर बनाउने , २ लाख खर्च गरेर सौचालय बनाउने ले ५० हजार खर्च गरेर पानि को ब्यबस्था आफै गर्न् सक्छन । बर्खा लाग्न लागेको छ , यसै बर्सबाट नयाँ बनाउने घरले मात्र पनि “आकासे पानी” संकलन कार्य सुरु गरे भने पनि त किहि राहत हुन सक्छ । त्यस पछि घर बनाइसकेका अन्य ठाउमा पनि बिस्तारै यो योजना लागु गर्न सकिन्छ । त्यै भएर परिक्षण को रुपमा भए पनि यो योजना लागु गरिदिनुहोला ।

यति गरिदिनु भए काठमान्डौ को पानिको समस्या आगामि दिनमा धेरै कम हुन्छ ।

अरु धेरै के लेखु र? यो पत्र पढ्नु भयो भने एकपटक तपाइको जबाफ अबस्य पाउ ।

लौ त आजलाइ यो पानि पत्र यतिनै ! फेरी अर्को पटक भेटौला ।

नेपालडायरी
काठमाण्डौ

Advertisements