खेलकुद बिबाद, भलो कसैको गर्दैन ।


सेना भर्ति,जर्नेल को अबकास हुदै अब माओबादी सेना र सरकारी( सरकार कै निर्देशन नमान्ने खै कसरी सरकारी सेना?) सेना बिबाद ले खेलकुदमा पनि प्रबेस पाएको छ । माओबादी सेनाले पनि पाचौ राष्ट्रीय खेलकुद मा भाग लिने भएपछि उसले भाग लिने ६वटा खेल बहिस्कार गरेर नेपाले सेनाले सरकार लाइ स्पस्ट रुपमा आफु माओबादि सेनालाइ सेना को रुपमा ( सकभर माओबादी सेना को अस्तित्ब लाइ नमान्ने कोशिस सेनाका बिभिन्न गतिबिधिहरुके देखाएका हुन कि भन्ने भान त यस अगि नै देखिएको हो ) नै नमान्ने र सरकार को निर्देसन पनि नमान्ने संकेत दिएको छ ।
gurkha_action1
त्रीभुबन क्लब का खेलाडि ले खेल बहिस्कार गरेको भनेर स्पस्टिकरण दिय पनि बास्तबमा सेना ले सम्पुर्ण खर्च ब्योहरने र सेनाकै खेलाडि ले सैनिक मुख्यालयको आदेस बेगर खेल्दा खेल्दै को ठाउबाट त्यसै आफु खुसि फिर्ता आएको होइन भान्ने त अब स्पस्ट नै छ । यस प्रसग मा पहिलो गल्ति भने राखेपकै देखिन्छ,’cause माओबादीको सेनाले पाचौ रास्ट्रीय खेलकुदमा भाग लिन पाउ भनी चैत्र २ गते नै निबेदन दिइसके पछि समयमै की त उसलाइ खेलकुद मा भाग लिन दिइनु पर्थ्यो,कि त त्यै बेला स्पस्ट रुपमा तपाइहरुलाइ यो खेलमा भागलिन बाट यो यति कारण ले बन्चित गरीएको छ भनेर जानकारि दिनु पर्थ्यो । तर अन्तिम अबस्थामा आएर प्रधानमन्त्री को पत्र भन्दै राखेपले लाचारीपन देखाउनु हुदैनथ्यो।

दोस्रो गल्ति – प्रधानमन्त्री प्रचन्डको छ । राखेप लाइ जबरजस्ति दबाब दिएर जुन प्रकारले उनले आफ्नो सेनालाइ बिबादमा तान्ने काम गरेका छन । बिभिन्न्न हत्या प्रकरणमा (रामहरि/ प्रचन्ड थैब ) आदि बिबाद हुदा हुदै अर्को बिबाद बिबादमा मुछ्नेकाम प्रचन्ड आफैले गरेका छन ।

तर सेना भर्ति जस्तै यो प्रकरण मा सेनाले सरकारलाइ नेटेरेको प्रस्टै छ । मुख्य कुरा के हो भने लोकतन्त्रमा आफ्नो असहमति प्रकट गर्न पाइन्छ भन्दिमा सेनाले सरकार को निर्णय नमान्ने, कर्मचारीले सरकारि निर्णय नमान्ने, प्रहरीले आफुखुशि गर्ने हो भने हाम्रो मुलुक कहा पुग्ला?

हामिले आखै अगाडि देखेका छौ , पाकिस्तान र बङलादेश् मा सेनाको राज , सुरुवात त यस्तै साना/मसिना कुरा बाट नै सुरु भएका हुन त्यहाँ पनि। सबभन्दा डरलाग्दो पक्ष के हो भने नेपालको राजनितिमा सेना क्रमस हाबि हुदै गएको संकेत यि र यस्तै घटना ले देखाएका छन । सेनाले निर्बाचित सरक्सरको आदेश् नमानेर भोलि आफु अनुकुल कदम अनुकुल कदम चाल्न पनि सक्ने संकेत दिएको छ । आज माओबादिको बिरोध गर्ने निहुमा नेपालि काङेस र एमाले ले जसरी सेनालाइ काधमा बोकेर हिड्ने प्रयास गरेका छन , उनिहरुले पनि बुझिराखुन भने भलै यो कदम ले तत्कालिन् रुपमा एमाले र काङ्रेस लाइ फाइदा होला तर कालान्तरमा भने छिमिकीलाइ खाने बाघ ले तपाइलाइ चाहि नमस्कार गरेर फर्कला त? आगे आ-आफ्नो मर्जी
सरकार को सरकारको बिरोध गर्ने निउमा हरेक कुरामा सेनालाइ काधमा रखेरा राजनिति नगरौ। सरकार को बिरोध गर्ने पाइन्छ , बिरोध गरौ तर त्यो बिरोधले भोलि यो देश्मा प्राप्त उपलब्धि नगुमोस , पुन हामिले सैनिक सासन को सासन खप्न नपरोस । अहिले लाइ यति मात्रै ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w