ट्यागहरु

, ,


happynewyear

धारामा “ध्वाररर…” पानी आओस ।
घरको बत्ति कहिल्यै नजाओस ।

नो कनेक्सन /इरर सुन्न नपरोस ।
केटा सांसद सुत्केरी भन्न नपरोस ।

पुष्पकमल प्र म को सतबुध्धि आओस
प्रकास दाहाले धेरै रक्सि नखाओस ।

बाबुरामको ‘अर्थ ‘ सप्रेर जाओस ।
जुम्लीले पनि भात खान पाओस ।

तरुनाहरु खाडितिर नजाउन ।
देस कै माटो खोस्रेर खाउँन ।

मसाजमा तरुनि फेला नपरुन ।
निर्धोलाइ कसैले हेला नगरुन ।

बन्द र हडताल घटेर जाओस।
गिरीजाको आयु बढेर जाओस ।

वाइ सि यल ले कसैको हत्या नगरुन ।
खान नपाइ अनिकाल ले कोहि नमरुन ।

सुख र शान्ति फैलेर फैलेर जाओस ।
हुम्ला जाने “रेल गाडी” यहि बर्षमा आओस ।

मदेस-पहाड मिलेर बसुन ।
नया-संबिधान लेखेर सकुन ।

आप्पा र आम्फोइ मिलेर बाचुन ।
हासेर बाचुन /बाचेर हासुन ।

फेसबूक मा रमाइला गफगाफ आउन् ।
अशान्तिको बादल हटेर जाउन् ।

गोठाटारमा एउटा “फ्ल्याट” किन्न पाइयोस ।
दसैमा घोर्ले खसि “मार” हान्न पाइयोस ।

नयाँ बर्ष ले नौलो खुशि ल्याओस ।
मेरो ब्यापार अझ सप्रेर जाओस ।

सबैको फलोस, फुलोस र पाकोस् ।
नयँ बर्षले सुख/ शान्ति डाकोस ।

नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय सुभकामना

नेपालडायरी