सेनापति स्पस्टिकरण देउ ! सरकारको निर्णय मान्ने कि नमान्ने?


सरकारले
प्रधानसेनापतिलाइ चौबिस घण्टे स्पस्टिकरण सोधेपछि नेपालि राजनिति फेरी एक पटक तातेको छ ।images आजै प्रचण्ड र कटुवालले imagespछुट्टाछुट्टै भेटेका राष्ट्रपतिले मध्यममार्गि बाटो अपनाउन सुझाब दिए पनि सरकारले सेनापतिलाइ पदमुक्त गर्ने कानुनि तयारी गरेको छ । निस्चय नै लोकतान्त्रीक सरकारको आदेस पालना गर्नु सेनाको कर्तब्य हो । सेनाले बक्तब्य बाजी/भासण गर्ने होइन,
सरकारी निर्णयको अक्ष:रश पालना गर्नु सेनाको कर्तब्य हो, त्योपनि बिना हिच्किचाहट, बिना आनाकानि ।सरकारको यो निर्णय मान्छु,यो निर्णय मान्दिन, सेनाले बोल्ने होइन । प्रधानसेनापति/पृतनापतिले राजनितिक भासण गर्ने, बैठक गरेर सरकारको यो निर्णय मान्ने, यो निर्णय नमान्ने भन्ने पनि होइन ।सेनाले आफुखुशि नै गर्ने हो भने देशमा सरकार,नागरिक समाज, न्यायलय किन चाहियो?
सेनाको आफ्नो बिबेक हुदैन, सेनाको काम बिबेक देखाउने, बिबेक सुनाउने पनि होइन । सरकारले जे भन्छ, पालना गर्ने मात्र हो । सर्कारको निर्णय ठिक,बेठिक/ राम्रो, नराम्रो/ दुरगामि, अल्पगामि/प्रतिगामि नागरिक समाज, न्यायालयले छुट्याउछ ।
निस्चयनै सरकारका सबै निर्णय सहि छैनन, बिसेसगरी नेपालिसेनालाइ हेर्ने सबालमा । तर त्यसो भन्दैमा निर्बाचित सरकारको आदेस नमान्ने हो भने सेनाले आफै सरकार,सदन चलाए हुन्छ । हामि अर्को तानासाहको बिरुद्धमा लड्न तयार छौ । २४० बर्सको राजतन्त्र त बालुवाको घरसरी ढल्यो भने नाथे सैनिक शासन को के कुरा?
साच्चै सेनाले आफ्नो बुद्धि बिबेक प्रयोग गर्थ्यो भने र नेपालि सेनामा अलिकति पनि बिबेक थियो भने कहा बिलाएको थियो त्यो बिबेक २०६२/२०६३ को जन-आन्दोलन ताका? कहा थियो मैना सुनुवार हत्या गर्दा? र कहा थियो / छ (आजपनि) भैरबनाथ गणमा निर्दोसलाइ जिउदै खाडल खनि पुर्दा?
सरकार नालायक छ,जनहितका कुनै काम गर्न सकेन ।सरकारले राम्रो काम गर्ला भन्ने आस पनि हराएको छ जनतामा । तर त्यसो भन्दै मा सेनाले मनपरि गर्न पाँउछ?
सेनापति लाइ स्पस्टिकरण सोधिएको बिसयलाइ लिएर काङ्रेस ले भोलि बबन्डर मच्चाउछ, एमाले कुना पसि रुन्छ , यसमा कुनै संका छैन तर सबैले याद राख्नु पर्ने कुरा के छ भने सेनाको मनपरीलाइ माओबादी सङ्ग रिश् साध्ने बाहाना बनाउने काङ्रेस-एमाले-चमाले ले सडक /सदन तनाउनु भन्दा आगामि दिने सोचे हुन्छ । सौताको रिशले पोइको काखमा…….. गर्नु भन्दा यो सरकारको आदेस नमान्ने सेनाले आफ्नो पालामा चै भनेको मान्ला? सोचेको राम्रो, ’cause सरकार सधै माओबादिको पेवा त होइन एक दिन फर्केर काङ्ग्रेस,एमाले को हातमा कसो नआउला?

सरकारी निर्णय नमान्ने हो भने सेनापतिमात्र होइन, जो सुकैलाइ पनि सरकारले कारबाहि गर्न सक्छ । सरकार ले यस पटक भने बिगतको जस्तो लाचरिपना नदेखाइ निडर भएर आफ्नो निर्णय गरोस ता कि सेनाले आगामि दिनमा निर्बाचित सरकारलाइ चुनौति दिने दुस्साहस गर्न नसकोस ।

Advertisements

12 thoughts on “सेनापति स्पस्टिकरण देउ ! सरकारको निर्णय मान्ने कि नमान्ने?

  1. यो माओबादी हरुको साइट हो साला माओबादी हरु ! तिमिहरुलाइ हाम्रो सेनाले चायो भने १ मि मा सर्बनास पार्न सक्छ । यो लेख्ने कुन माओबादे हो तलाइ हेरौन? ओए तेरो नाम चै के हो?

  2. सरकारको निर्नय सेनाले मान्नै पर्छ । सेना को आदेश् नमानेर सेनाले थुलो गल्ति गरेको छ । यो सेनालाइ बिगतन गर्न पर्छ । धन्यबाद नेपाल्दायरीलाइ

  3. आफुखुशि गर्न नपाएको झोकमा सेनाले सर्कारलाइ नटेरेको हो । सेनाले सरकार आदेश् मनान्ने हो भने त्यहा त सैनिक सासन सुरु भै हाल्चने तसर्थ सर्कार ले हत्यारो रुकमाङगदलाइ जेल हाल्नु पर्च । सामान्ति सोच् भएको सेनाको कारन नेपालि जनाताले कति दुख पाउने ।
    raajan

  4. हो तपाइको यो लाइन चै खुब मन पर्यो है – साच्चै सेनाले आफ्नो बुद्धि बिबेक प्रयोग गर्थ्यो भने र नेपालि सेनामा अलिकति पनि बिबेक थियो भने कहा बिलाएको थियो त्यो बिबेक २०६२/२०६३ को जन-आन्दोलन ताका? कहा थियो मैना सुनुवार हत्या गर्दा? र कहा थियो / छ (आजपनि) भैरबनाथ गणमा निर्दोसलाइ जिउदै खाडल खनि पुर्दा?
    huhaaaaaaaaaaaaaaaaaaahaaaaaaaaaaaaaaaaaaa hai

  5. haoina nepaali janataale yo senaa ra sarkaarko ladaai katindi samma thegnu parne ho.

    baastabamaa herneho bhane ne – sarkaara re senaa kunai kam chainana yo mama laamaa . sarkaara senaalaai pelna khojne , senaa naterne bhaera nai yo samasya aaeko ho
    baastabamaa senaa le sarkaara le bhaneko maannu parhchaa tara sarkaarako nirnaya pani ta thik hunu paro ni ki kasho ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w