सरकारले
प्रधानसेनापतिलाइ चौबिस घण्टे स्पस्टिकरण सोधेपछि नेपालि राजनिति फेरी एक पटक तातेको छ ।images आजै प्रचण्ड र कटुवालले imagespछुट्टाछुट्टै भेटेका राष्ट्रपतिले मध्यममार्गि बाटो अपनाउन सुझाब दिए पनि सरकारले सेनापतिलाइ पदमुक्त गर्ने कानुनि तयारी गरेको छ । निस्चय नै लोकतान्त्रीक सरकारको आदेस पालना गर्नु सेनाको कर्तब्य हो । सेनाले बक्तब्य बाजी/भासण गर्ने होइन,
सरकारी निर्णयको अक्ष:रश पालना गर्नु सेनाको कर्तब्य हो, त्योपनि बिना हिच्किचाहट, बिना आनाकानि ।सरकारको यो निर्णय मान्छु,यो निर्णय मान्दिन, सेनाले बोल्ने होइन । प्रधानसेनापति/पृतनापतिले राजनितिक भासण गर्ने, बैठक गरेर सरकारको यो निर्णय मान्ने, यो निर्णय नमान्ने भन्ने पनि होइन ।सेनाले आफुखुशि नै गर्ने हो भने देशमा सरकार,नागरिक समाज, न्यायलय किन चाहियो?
सेनाको आफ्नो बिबेक हुदैन, सेनाको काम बिबेक देखाउने, बिबेक सुनाउने पनि होइन । सरकारले जे भन्छ, पालना गर्ने मात्र हो । सर्कारको निर्णय ठिक,बेठिक/ राम्रो, नराम्रो/ दुरगामि, अल्पगामि/प्रतिगामि नागरिक समाज, न्यायालयले छुट्याउछ ।
निस्चयनै सरकारका सबै निर्णय सहि छैनन, बिसेसगरी नेपालिसेनालाइ हेर्ने सबालमा । तर त्यसो भन्दैमा निर्बाचित सरकारको आदेस नमान्ने हो भने सेनाले आफै सरकार,सदन चलाए हुन्छ । हामि अर्को तानासाहको बिरुद्धमा लड्न तयार छौ । २४० बर्सको राजतन्त्र त बालुवाको घरसरी ढल्यो भने नाथे सैनिक शासन को के कुरा?
साच्चै सेनाले आफ्नो बुद्धि बिबेक प्रयोग गर्थ्यो भने र नेपालि सेनामा अलिकति पनि बिबेक थियो भने कहा बिलाएको थियो त्यो बिबेक २०६२/२०६३ को जन-आन्दोलन ताका? कहा थियो मैना सुनुवार हत्या गर्दा? र कहा थियो / छ (आजपनि) भैरबनाथ गणमा निर्दोसलाइ जिउदै खाडल खनि पुर्दा?
सरकार नालायक छ,जनहितका कुनै काम गर्न सकेन ।सरकारले राम्रो काम गर्ला भन्ने आस पनि हराएको छ जनतामा । तर त्यसो भन्दै मा सेनाले मनपरि गर्न पाँउछ?
सेनापति लाइ स्पस्टिकरण सोधिएको बिसयलाइ लिएर काङ्रेस ले भोलि बबन्डर मच्चाउछ, एमाले कुना पसि रुन्छ , यसमा कुनै संका छैन तर सबैले याद राख्नु पर्ने कुरा के छ भने सेनाको मनपरीलाइ माओबादी सङ्ग रिश् साध्ने बाहाना बनाउने काङ्रेस-एमाले-चमाले ले सडक /सदन तनाउनु भन्दा आगामि दिने सोचे हुन्छ । सौताको रिशले पोइको काखमा…….. गर्नु भन्दा यो सरकारको आदेस नमान्ने सेनाले आफ्नो पालामा चै भनेको मान्ला? सोचेको राम्रो, किनभने सरकार सधै माओबादिको पेवा त होइन एक दिन फर्केर काङ्ग्रेस,एमाले को हातमा कसो नआउला?

सरकारी निर्णय नमान्ने हो भने सेनापतिमात्र होइन, जो सुकैलाइ पनि सरकारले कारबाहि गर्न सक्छ । सरकार ले यस पटक भने बिगतको जस्तो लाचरिपना नदेखाइ निडर भएर आफ्नो निर्णय गरोस ता कि सेनाले आगामि दिनमा निर्बाचित सरकारलाइ चुनौति दिने दुस्साहस गर्न नसकोस ।