ट्यागहरु

, ,


माओवादी ले कटवाल लाई कारबाही गर्नु अगाडी स्थिती को अंकलन गरीरहेको छ । सैनिक कु हुन सक्ने र भए मा कसरी समान गन्रे , क-कस्ले गिरफ्तारी दिने, को को भूमिगत हुने र जनसेनाले कस्तो एक्सन लिने भन्ने रणनितीमा माओवादी लागिरहेको छ ।स्पष्टिकरण सोध्नु अघी सैनिक कु नै होला भन्ने अनुमान गर्न नसकेको माओवादी अब सैनिक कु भएमा चाल्ने रणनितीमा लागेको छ । जसका लागि समय चाहिने भएको ले मात्रा एक पाइला पछी सरेको हो माओवादी । दुई तीन दिन यो मामाला लाई लम्याउदा आफु अनुकुल परिस्थिती निर्माण गर्न सकिन र जन सेनालाई तयारी अबस्थामा राख्न सकिने र सेनाको आगामी कदम बुझ्न सकिने बिस्लेसण गरेर नै माओबादिले स्पस्टिकरणमा थप अध्ध्य्यन गर्नु पर्ने भनेको हो । नत्र सेना पती हटाउने बसयमा सुरु देखी नै माओवादी नेत्रित्व स्पस्ट छ ।

सेना भने यो मामाला मा त्यसरी नै कमजोर देखियो , जसरी जनयुद्ध ताका माओवादी सँग लड्दा सैनिक को कमजोरी देखिन्थ्यो । सेनाले कु गर्ने संकेत दिएपछी माओवादीलाई आफ्नो रणनिती तयार पर्न अझ सजिलो भएको छ ।

राष्ट्रपती के गर्लान ?

सेनाले राष्ट्रपती लाई अगाडि सारेर कु गर्ने योजना बनाएको छ । यसले संभबत राश्ट्रपती को निन्द्रा हराएको हुनुपर्छ । बिद्रोह सेनाले गर्ने तरे आफ्नो नाम समेत मुछिने भएको ले र अन्तत सैनिक शासनको दोश आफ्नो टाउकोमा पर्ने भएन्को ले नै राष्ट्रपतिले प्रचन्ड लाई बारम्बार आग्रह गरीरहेका छन , किनभने यो सैनिक कु को एकमात्र र अधिकारिक जानकारी पाउने एक मात्रा ब्याक्ती राष्ट्रपती हुन । सैनिक शासन अन्तत निरन्कुश हुने र् यस्को को अबसान सँगै आफ्नो निधारमा लाग्ने कलक को कारण राष्ट्रपती ले घुमाउरो पारामा सेनालाई समेत आफुलाई मुछेर बदनाम नग्गर्न भनेका छन तर आफु उम्कने ठाउँ भने अहिले सम्म पाएका छैनन ।